कोलकत्तामा नेपाली सुन्तला महोत्सव हुने


झापा,मंसिर ८। नेपालको पर्यटन प्रवर्दनका लागि भारतको कोलकत्तामा चौंथो हिमालय सुन्तला पर्यटन महोत्सव हुने भएको छ ।

नेपालसहित भारत, बङ्गलादेश र भुटानको सहभागिता रहने हिमालय सुन्तला पर्यटन महोत्सवमा नेपालको तर्फबाट २ सय २० जनाको सहभागिता रहने भएको छ । आगामी मङ्सिर २४, २५ र २६ गते भारतको कोलकत्तामा हुने महोत्सवमा पर्यटनकर्मी, पत्रकार, कृषक र संस्कृतिकर्मीको सहभागिता रहने एसोसिएसन फर कन्जरभेसन एण्ड टुरिजमले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

एसोसिएसन फर कन्जरभेसन एन्ड टुरिजमले सन् २०१४ देखि महोत्सवको आयोजना गर्दै आएको छ । प्रत्येक दुई वर्षमा हुँदै आएको पूर्वनिर्धारित सुन्तला महोत्सव विश्वव्यापी कोरोना महामारीका कारण सन् २०२० मा भने आयोजना हुन सकेको थिएन ।

हिमालय क्षेत्रका नेपाल, भारत र भुटानमा उत्पादन हुने सुन्तला यस महोत्सवका विशेष आकर्षण हुने गरेका छन् । सुन्तलाबाहेक एबोकाडो, किबि, अकबरे खुर्सानी, अल्लोको उत्पादन, चुरापोते, आर्ट, पर्यटकीय स्थलका नक्साहरु र हस्तकलाका सामग्री लगायतको समेत प्रदर्शन गरिने एसोसिएसन फर कन्जरभेसन एण्ड टुरिजमका अर्जुन कार्कीले बताए ।

कार्यक्रममा हेन्डिक्राफ्टका साथै संस्कृति झल्किने बालन, संगिनीको समेत प्रदर्शन गरिने छ । जसकारण नेपालको सँस्कृतिलाई विदेशमा देखाउने अवसर रहेन छ । महोत्सवले छिमेकी देशहरुसँग साँस्कृतिक आदानप्रदान गर्ने अवसर जुराएको कार्की बताउँछन् । महोत्सवकै कारण नेपाल आउने पर्यटकहरु बढेको उनको भनाई छ । विशेष गरी ग्रामीण पर्यटनलाई प्रवद्र्धन गर्न महोत्सवले सहयोग पुर्याउने छ ।

झापाका सामुदायिक बनमा पाइने जडिबुटीसमेत महोत्सवमा प्रदर्शन गरिने छ । कार्यक्रममा नेपाल पर्यटन वोर्डकोसमेत सहभागिता रहने जनाइएको छ । कार्यक्रममा नेपाली पत्रकार र भारतीय पत्रकारको सहभागितामा चेलिबेटी बेचविखन नियन्त्रण, दुई देशबीचको व्यापारिक सम्बन्धका विषयमा छलफल कार्यक्रमको तयसमेत गरिएको छ ।

७ करोड जनसंख्या रहेको पश्चिम बंगालको राजधानी कोलकातामा हुने सो कार्यक्रमको उद्घाटन पश्चिम बंगालका पर्यटनमन्त्रीले उद्घाटन गर्ने छन् । कार्यक्रममा नेपाल, भारत, भुटान, बंगलादेशलगायत मुलुकका महामहिम बाणिज्य दुतको उपस्थिति रहने छ ।


सम्बन्धित शीर्षकहरु

काठमाडौ : नेपालमा पनि ओमिक्रोन भेरिअन्टबाट सङ्क्रमित दुई व्यक्ति भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। सोमवार मन्त्रालयले आयोजना…

केशब चापागाईंमदरगाछ,मंसिर २०।झापा गाउँपालिकामा जारी अन्तरपालिका स्तरीय अध्यक्ष कप क्रिकेट प्रतियोगितामा बाह्रदशी गाउँपालिकाले कनकाई नगरपालिकालाई पराजित गर्दै अन्तिम चारमा स्थान…

सुरुङ्गा,मंसिर १९।झापाको दमक नगरपालिकामा प्रधान कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्थाले साखा विस्तार गर्ने क्रममा कनकाई नगरपालिकामा सेवा कार्यालय स्थापना…

प्रतिकृयाहरू