आगलागीबाट प्लाई उद्योगमा पाँच करोडको क्षति


झापा, ६ मङ्सिर :विर्तामोड नगरपालिका–२ मा रहेको कनकाई प्लाई उद्योगमा आगलागी हुँदा करिब रु पाँच करोडको क्षति भएको छ ।

आज बिहान विद्युत् सर्ट भई आगलागी हुँदा सो बराबरको क्षति भएको प्रहरीले जनाएको छ । उद्योगमा लागेको आगो १२ घण्टापछि नियन्त्रणमा लिइएको थियो । बिर्तामोड, मेचीनगर, भद्रपुर, दमक, गौरादह नगरपालिका, कमल गाउँपालिका र मोरङको उर्लाबारीबाट आएका दमकल, प्रहरी र स्थानीयवासीले आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय अनारमनीका प्रहरी प्रमुख सन्तोष आचार्यले बताउनुभयो ।

विर्तामोड–४ का विकास गोयल र दुर्गा भण्डारीले सञ्चालन गर्दै आएको उद्योगमा प्लाइका लागि चाइनाबाट आयात गरिएका महँगो कच्चापदार्थ रहेको थियो । आगलागी हुनुको कारण र यकिन क्षतिका बारेमा अनुसन्धान भइरहेको प्रमुख आचार्यले बताउनुभयो ।(रासस)


सम्बन्धित शीर्षकहरु

काठमाडौ : नेपालमा पनि ओमिक्रोन भेरिअन्टबाट सङ्क्रमित दुई व्यक्ति भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। सोमवार मन्त्रालयले आयोजना…

केशब चापागाईंमदरगाछ,मंसिर २०।झापा गाउँपालिकामा जारी अन्तरपालिका स्तरीय अध्यक्ष कप क्रिकेट प्रतियोगितामा बाह्रदशी गाउँपालिकाले कनकाई नगरपालिकालाई पराजित गर्दै अन्तिम चारमा स्थान…

सुरुङ्गा,मंसिर १९।झापाको दमक नगरपालिकामा प्रधान कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्थाले साखा विस्तार गर्ने क्रममा कनकाई नगरपालिकामा सेवा कार्यालय स्थापना…

प्रतिकृयाहरू