Kanakai Online

नेकपा माओवादी केन्द्र कनकाईमा वडा अधिवेशन सर्वसम्मत


आइतवार, मंसिर ५, २०७८ |

कनकाई अनलाईन
सुरुङ्गा । नेकपा माओवादी केन्द्र कनकाईको दोस्रो वडाअधिवेशन सर्बसम्मतरुपमा सम्पन्न भएको छ ।
माओवादी केन्द्रका जिल्ला संयोजक बिजय साम्पाङ्गको प्रमुख आतिथ्यता माओवादी केन्द्रका १ नम्बर वार्डकमिटी अध्यक्ष दलबहादुर विकको सभापतित्व ६ नम्बरका अध्यक्ष कृष्ण खतिवडाको संचालन तथा महिला नेत्री तथा सुकेडाँगी सामुदायिक वन समुहकीअध्यक्ष शान्ता घिमिरेको स्वागतमा भएको कार्यक्रमले कनकाई १ बाट दलबहादुर विकको अध्यक्षतामा २९ सदस्यीय वार्डकमिटी गठन गरेको छ ।

कमिटीको उपाध्यक्षमा कृष्णप्रसाद सिटौला, सचिवमा दिपक घिमिरे, सहसचिवमा पहलमान विक, कोषाध्यक्षमा गंगादेवि सुवेदी लगायात रहनुभएको छ । यसैगरि २ नम्बरको वार्ड अध्यक्षमा युवा नेता मधुसुदन भट्टराई, उपाध्यक्षमा गंगाप्रसाद घिमिरे, सचिवमा उमाकान्त ढकाल, सहसचिवमा रमेश श्रेष्ठ, कोषाध्यक्षमा यसोदा मिश्र गुरागाईँ लगायात रहनुभएको छ । यसैगरि कनकाई ३ को पार्टीको अध्यक्षमा पुन लीलाराज खड्का झापाली, उपाध्यक्षमा पुर्व जनमुक्ति सेनाका कमाण्डर समेत रहनुभएका नेत्रप्रसाद ढुङ्गेल, सचिवमा हिमाल ढकाल, सहसचिवमा प्रतिक लामिछाने र कोषाध्यक्षमा प्रेमकुमारी पौडेल लगायात २९ सदस्यीय वार्ड कमिटी रहेको छ । सचिव र सहसचिव दुवैजना एमाले परित्याग गरेर माओवादी प्रवेश गर्नुभएको युवा नेता रहनुभएको छ । यसैगरि ४ मा गोविन्द चापागाईको अध्यक्षतामा २९ सदस्यीय वार्ड कमिटी गठन गरिएको छ जसमा उपाध्यक्षमा केदारनाथ दाहाल, सचिवमा मेघराज मगर, सचिवमा रविन्द्र कडेँल, कोषाध्यक्षमा सवुरवत्ती चौधरी रहनुभएको छ ।

यसैगरि ५ नम्बरमा अध्यक्षमा प्रेम ओली, उपाध्यक्षमा मोहनकुमार प्रसाई, सचिवमा प्रदिप उप्रेती, सहसचिवमा पासाङ्ग सेर्पा र कोषाध्यक्षमा माया पोखरेल घिमिरे रहनुभएको छ । यसैगरि ६ नम्बरमा अध्यक्षमा रेवतबहादुर रेग्मी, उपाध्यक्षमा वृहस्पति राजवंशी, सचिवमा गंगादेवि वराल, सहसचिवमा देवेन्द्र खबास र कोषाध्यक्षमा मेनुका पुलामी लगायात रहनुभएको छ । यसैगरि ७ नम्बरमा अध्यक्षमा अनिरुद्र चापागाईँ, उपाध्यक्षमा विष्णुमाया प्रसाई, सचिवमा नरेन्द्र उप्रेती, सहसचिवमा रन्जित राई र कोषाध्यक्षमा निशा न्यौपाने लगायात २९ सदस्य रहनुभएको छ । वडा नम्बर ८ र ९ भने केहिदिनभित्रै वार्ड कमिटी गठन गरिने आयोजकले बताएको छ ।
कार्यक्रममा पार्टी इन्चार्ज गोपाल प्रसाई, पार्टीका जिल्ला नेतृत्वहरु सारदा प्रसाई पाठक, वेद खतिवडा, शहिद परिवारका केन्द्रीय सदस्य निर्मल पौडेल लगायातले शुभकामना मन्तव्य राख्नु भएको थियो ।