शरणामती,मंशीर ५।नेकपा माओवादी केन्द्रले झापा गाउँपालिकाका ७ वटै वडामा सम्मेलन गरेर नयाँ नेतृत्व चयन गरेको छ।
शनिबार एकसाथ सम्पन्न वडा सम्मेलनबाट झापा गाउँपालिकाका ७ वटै वडामा नयाँ नेतृत्व चयन भएको माओवादी केन्द्रका सदस्य चन्द्र प्रसाद बस्नेतले जानकारी दिए।´शनिबार सबै वडामा अधिवेशन सकियो, बस्नेतले भने ´सबै वडामा निर्विरोध अध्यक्ष निर्वाचित भए`।
झापा गाउँपालिकाको वडा नं १ मा जालिम मिया, २ मा रामदेव राजबंशी,३ मा अमृत भुजेल अध्यक्ष चुनिएका छन।
यसैगरि पालिकाको ४ नम्बर वडामा भगदेब राजबंशी,५ मा नफिल मिया , ६ मा तोर्ण बहादुर कटुवाल र ७ मा बद्री प्रसाईं वडाध्यक्ष चुनिएका छन।