माओवादी केन्द्र बुद्धशान्ति १ मा बराल ३ मा श्रेष्ठ सेल्टरदाता सम्मानित


कनकाई अनलाईन
नेकपा माओवादी केन्द्र बुद्धशान्ति गाउँपालिकामा २ वटा वडामा प्रथम वार्ड अधिवेशन सम्पन्न भएको छ ।
माओवादी केन्द्रको देशभर वार्ड अधिवेशन आज हुने भएपनि नमुनका लागि हिजै झापाका केहि वार्डमा वार्ड अधिवेशन सकिएको छ ।

वुद्धशान्तिको १ नम्बर वार्डअधिवेशनले अध्यक्षमा पुरन बराल, उपाध्यक्षमा नेत्र बाँस्तोला, सचिवमा गोपाल खाती, सहसचिवमा शिव बहादुर गिरी, कोषाध्यक्षमा जानुका कडरिया सहित २९ सदस्यीय वार्ड कमिटी गठन गरेको हो ।
यसैगरि वुद्धशान्तिकै ३ नम्बर वार्ड कमिटी समेत गठन गरिएको छ जसमा २९ सदस्यीय वार्ड कमिटीको अध्यक्षमा डिल्लीराम श्रेष्ठ, उपाध्यक्षमा कमल राई, सचिवमा बलबहादुर रसाईली, सहसचिवमा प्रेम संज्ल र कोषाध्यक्षमा सरु राई रहनुभएको माओवादी केन्द्र वुद्धशान्तिका इन्चार्ज छत्र तिम्सिना रोषनले बताउँनुभएको छ ।
माओवादी केन्द्र झापाका संयोजक मणि साम्पाङ राई ‘विजय’को प्रमुख आतिथ्यता, प्रदेश नं. १ सदस्य बोधराज दाहाल ‘असिम’, प्रदेश सदस्य श्यामबीर लिम्बु, रोशन कन्दङ्गवा, खड्ग तिम्सिना ‘पवन’, सुरेश वराईली गाउँपालिका अध्यक्ष ताराश्रेष्ठ लगायतको आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा शहिद परिवार, सेल्टरदाता तथा विभिन्न सामाजिक व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो । जसमा शहिद परिवारबाट हिरादेवि आचार्य, टिकादेवि आचार्य, सेल्टरदाताका रुपमा धनपति ढकाल, हरिप्रसाद तिम्सिना, तिलकबहादुर खुलाल,विष्णु वास्तोला, भुपालमान पुरी, जेष्ठ सदस्यहरु धनबहादुर महत, अविचन्द्र भट्टराई,गंगामाया गिरी, होमनाथ अधिकारी,धनबहादुर कार्की,गणेश सिंजाली मगर, खडानन्द पौड्याल रहनुभएको छ ।


सम्बन्धित शीर्षकहरु

काठमाडौ : नेपालमा पनि ओमिक्रोन भेरिअन्टबाट सङ्क्रमित दुई व्यक्ति भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। सोमवार मन्त्रालयले आयोजना…

केशब चापागाईंमदरगाछ,मंसिर २०।झापा गाउँपालिकामा जारी अन्तरपालिका स्तरीय अध्यक्ष कप क्रिकेट प्रतियोगितामा बाह्रदशी गाउँपालिकाले कनकाई नगरपालिकालाई पराजित गर्दै अन्तिम चारमा स्थान…

सुरुङ्गा,मंसिर १९।झापाको दमक नगरपालिकामा प्रधान कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्थाले साखा विस्तार गर्ने क्रममा कनकाई नगरपालिकामा सेवा कार्यालय स्थापना…

प्रतिकृयाहरू