युवराज रेग्मी मङ्सिर ३ , गौरादह / नेपाली कांग्रेसको प्रदेश अधिवेशन अन्तर्गत झापाको निर्वाचन क्षेत्र नम्बर ५ क को सभापतिमा जीवन कुमार राई विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी ज्ञानेन्द्र खत्रीलाई ५३ मत अन्तरले पराजित गर्दै जित निकालेका हुन् ।
कुल ३६३ मतदाता रहेको निर्बाचन छेत्र न ५ क मा ३ सय ६१ मतदाताले मतदान गरेका थिए । कुल ३ सय ६१ मत खस्दा राईले २ सय ४ मत प्राप्तगर्न सफल भए भने उनका प्रतिस्पर्धी खत्रीले १ सय ५१ मत मात्र प्राप्तगरे । त्यसैगरि उप-सभापतिमा २१७ मत ल्याएर आत्माराम राजबंशी र १४८ मत ल्याएर पदम कुमार ढुंगाना विजयी बनेका छन ।
त्यसैगरि सचिव पदमा २०९ मत ल्याएर हेम चन्द्र घिमिरे ( राजु ) र २०८ मत ल्याएर भिम अधिकारी बिजयी बनेका छन । सह- सचीव पदमा २४६ मत ल्याएर इन्दिरा देबि बिष्ट र १९१ मत ल्याएर राम ब ढुंगाना बिजयी बनेका छन । त्यसै गरि प्रदेश अधिबेशन प्रतिनिधि खुल्ला तर्फ २४१ मत ल्याएर प्रकाश कार्की , २२३ मत ल्याएर सन्जिब कार्की ,२०१ मत ल्याएर किशोर कुमार पौडेल , १९३ मत ल्याएर खड्ग प्रसाद पराजुली ,१९१ मत ल्याएर पुन्य सिग्देल , १७७ मत ल्याएर कुमार कार्की र १७३ मत ल्याएर सुर्य भक्त सिटौला बिजयी बनेका छ्न ।


