Kanakai Online

झापा गाउँपालिकामा मंशीर १३ गते देखि अध्यक्ष कप क्रिकेट


शुक्रवार, मंसिर ३, २०७८ |

शरणामती,मंशीर ३।गाउँपालिकाको वार्षीक कार्यक्रम अन्तरगत झापा गाउँपालिकामा अन्तरपालिका स्तरीय अध्यक्ष कप क्रिकेट प्रतियोगीता हुने भएको छ।झापाका १५ वटै स्थानीय तहहरुलाई समेटेर उक्त प्रतियोगिता हुन लागेको हो।

सगरमाथा युथ क्लब तथा वडा नं-७ को संयुक्त आयोजनामा हुन लागेको प्रतियोगिता आउँदो मंशीर १३ गते देखि हुने युथ क्लबका अध्यक्ष रोहित कर्णले जानकारी दिए।बिस/बिस ओभरमा खेलाइने क्रिकेट प्रतियोगिताका लागी जिल्लाका १५ पालिकालाई नै पत्राचार गरिएको कर्णले बताए।

झापा-७ को स्थानीय जनकल्याण माविको खेल मैदानमा हुने प्रतियोगिता एलबिड्ब्लु बाहेक आइसीसीको नियम बमोजिम खेलाइने भएको छ।

प्रतियोगितामा प्रथम पुरस्कार ४० हजार नगद र दोस्रो पुरस्कार २५ हजार नगद सहित ट्रफी रहेको छ।त्यस्तै प्रतियोगितामा म्यान अफदी म्याच,प्लेअर अफदी टुर्नामेन्ट,वेस्ट वलर,वेस्ट व्याट्समेन्ट,वेस्ट किप्पर,वेस्ट फिल्डर,फियर प्ले अर्वाडले समेत पुरस्कार पाउने आयोजकले जनाएको छ।

सम्बन्धित खबर