कनकाई अनलाईन
लामो समय देखि संचार क्षेत्रमा समेत काम गर्दै आएका युवा तथा प्रेस युनियानका जिल्ला सचिव नेता डिल्लीराम घोर्साई नेपाली काँग्रेस झापा प्रदेशसभा क्षेत्र नम्बर ४ ख को सचिवमा निर्विरोध चयन भएका छन ।
नेपाली काँग्रेसको जारी १४ औँ महाधिबेशन अन्तर्गत हिजो बिहिबार भएको प्रदेशसभा ख को मनोनय पछि उनी निर्विरोध चयन भएका हुन । संचार क्षेत्रमा समेत रहेका युवा नेता घोर्साई स्थानिय स्तरका विभिन्न संघसंस्थामा आबद्ध भएर सामाजिक कार्यमा सकृय युवाका रुपमा परिचित छ्न । राजनीति मार्फत नै समाज रुपान्तरण गर्न सकिन्छ भन्ने सोच राखेका नवनिर्वाचित सचिव घोर्साईले अग्रजहरुको अनुभव र युवाहरुको जागरलाई केन्द्रमा राखेर संगठन संचालनमा अगाडि बढ्ने बताएका छन ।
पत्रकारहरुको छाता संगठनको समेत नेतृत्व तहमा रहेका घोर्साई नेपाल प्रेस यूनियन झापाका सचिव हुन भने पत्रकार महासंघ प्रदेश नम्बर १ को परिषद सदस्य पनि हुन ।
यता हिजो भएको नेपाली काँग्रेसको प्रदेश क्षेत्रीय समिती ख को अधिवेशनबाट घोर्साईसंगै अर्का सचिव बेदनिधी अधिकारी पनि निर्विरोध चयन भएका छन । क्षेत्रीय प्रदेश समिती ख को
पदाधिकारीमा १ सभापती सहित २ उपसभापती, २ सचिव र २ सहसचिव रहने विधानमा ब्यबस्था रहेको छ । त्यस्तै उपसभापतीमा छत्र प्रसाद पाण्डे र रोहित खवास निर्विरोध चयन भएका छन भने सहसचिवद्वयमा सुन्दर बेस्रा र बिष्णु राजवंशी निर्बिरोध भएका छन । यता प्रदेश अधिवेशन महिला प्रतिनिधिमा पुष्पा प्रसाईं, दुर्गा देबि ओली र तारा खड्का चयन भएकाछन । कृष्ण प्रसाद अधिकारी, हिमा देवि ढुंगेल, गंगा बहादुर भुजेल, वर्षा श्रेष्ठ, नन्दकिसोर पोद्धार र अब्दुल हाकिम मियाँ पनि प्रदेश अधिवेशन प्रतिनिधि छनौट भएका छन । बाँकी रहेका पदका लागि आज शुक्रबार निर्वाचन हुँदैछ ।