शरणामती,मंशीर २।झापा गाउँपालिका-६ भृकुटीचौकमा करेन्ट लागेर एक महिलाको घटनास्थलमै मृत्यु भएको छ।मृत्यु हुनेमा ६२ वर्षीया हरिमाया विश्वकर्मा रहेको प्रहरीले जनाएको छ।
बिहिबार दिउँसो करिब ३.३० बजे मिटरबक्स देखि भान्सा घर सम्म लगेको तारमा रहेको जोइन्ट नाङ्गो हुँदा त्यही नाङ्गो तारमा करेन्ट लागेको स्थानीयले बताएका छन।धान काट्नको व्यस्तताले घरमा कोही नभएको बताइएको छ।
यस सवन्धमा थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ।