इक्साहाङ चेम्जोङ
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्च नेपाल कनकाई वडा कार्य समितिको तेस्रो वडा अधिबेसन सम्पन्न भएको छ ।
निवर्तमान अध्यक्ष श्री वसन्त मेन्याङ्बो अध्यक्षतमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथी पार्टीका केन्द्रिय सचिवालय सदस्य श्री भक्त मेन्याङ्बो र बिशिष्ट अतिथी झापा जिल्ला अध्यक्ष श्री धन बहादुर पन्धाक साथै विशेष अतिथि झापा जिल्ला सदस्य श्री प्रेम कुमार फोम्बो अतिथी पूर्व उम्मेदवार श्री जर्तन किस्कु पूर्व उपाध्यक्ष ताराचन खवास लगायत किरातेस्वर माङ्हिम अध्यक्ष श्री निर्मल आङ्थुपो ले आ आफ्नो धारणा व्यक्त गर्नु भएको थियो ।
कार्यक्रम संचालक निवर्तमान वडा सचिव महेन्द्र कन्दङ्वा र स्वागत मन्तब्य गोबिन्द सांवा (छथरे) ले राख्नु भएको थियो । कनकाई न.पा. ७ तेस्रो ऐतिहासिक अधिवेशनमा महेन्द्र कदन्दङ्वाको अध्यक्षतमा ११ नयाँ कार्य समिति चयन भएको छ ।
जसमा अध्यक्षमा महेन्द्र कन्दङ्वा, उपाध्यक्षमा लोकनाथ अधिकारी र राम कुमारी पाहिम सचिबमा गोबिन्द साँवा, सहसचिवमा भावना लिम्बू र कोषाध्यक्षमा गीता चेम्जोङ रहनुभएको छ भने सदस्यहरुमा योनिसा साउदेन, वाजुम हाँस्दा, सन्देश परिवार, राज कुमार मेन्याङ्बो र निमा तामाङ रहनुभएको छ । थप अन्य सदस्य पछि थप गरिने वताइएको छ । उक्त कार्यक्रमका प्रमुख अतिथी पार्टी केन्द्रिय सचीवालय सदस्य भक्त मेन्याङ्बोले लिम्बुवान आन्दोलनलाई सशक्त बनाउदै आगामी दिनमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्च नेपाल पार्टीलाई नेपालको हकमा एउटा उदाहरणिय पार्टी बनाउने र प्रदेशको नामाङ्कनमा कुनै हालतमा पनि लिम्बुवान हुनुपर्ने नभए आन्दोलनलाई निर्णायक बनाउने अभिव्यक्ति राख्नु थियो ।