Kanakai Online

सुरुङ्गामै खुल्यो अन्तराष्ट्रिय स्तरको ब्युटी सैलन र एकाडेमी


बुधवार, मंसिर १, २०७८ |

कनकाई अनलाईन
झापाको सुरुङ्गामा पहिलो पटक अन्तराष्ट्रिय स्तरको ब्युटि सैलुन र ब्युटीसियन सिकेर वैदेशिक रोजगारी तथा स्वरोजगार बन्नेहरुका लागि समेत लक्षित गरेर सिम्पी ब्युटी सैलुन एण्ड एकेडेमी संचालनमा आएको छ ।


तारा राई र युवराज श्रेष्ठले झापा सुरुङ्गास्थित झापा रोडमा अवस्थित अस्मिता मेडिसिन सेन्टर माथिल्लो तलामा संचालनमा ल्याइएको ब्युटी सैलुनमा सुविधासम्पन्न एकाडेमी र विदेश जानेहरुका लागि तालिम र शीप सिकेर स्वरोजगार हुनेहरुका लागि लक्षित गरेर ब्युटी सैलुन मंगलवारदेखि संचालनमा आएको हो ।


स्वदेश तथा विदेशमा ख्याति कमाएका प्रशिक्षक तथा दक्ष ब्युटिसियनद्धारा सेवा प्रदान गरिने यस ब्युटी सैलुनमा छाला, कपाल, आखा, वडी स्पा,मेकअप, बेहुली सिगार्ने , फोटो सुटका लागि मेकअप, लगायातका ब्युटी सम्बन्धि सवै सेवा दिइने संचालकद्धय राई र श्रेष्ठले बताउँनुभयो । लामो समय विदेशमा समेत सिकेको ज्ञानसीपलाई आधार बनाएर ठुृुलो लगानीमा संचालनमा आएको ब्यटि सैलुन अन्तराष्ट्रिय स्तरको भएको सेवाग्राहीले बताएका छन ।