Kanakai Online

ओलीको जिल्लामा गठबन्धनको बिजयी सुरुवात, अध्यक्षमै नेकपा एस


बुधवार, मंसिर १, २०७८ |

कनकाई अनलाईन
झापा सदरमुकाम चन्द्रगढीमा रहेको चन्द्रगढी सामुदायिक वन समुहको निर्वाचनमा नेपाली कांग्रेस, माओवादी र समाजवादीको चुनावी गठबन्धनले बिजयी हासिल गरेको छ । हिजो भएको मतदानमा अध्यक्षमा नेकपा एसका दुर्गा प्रसाद भट्टराइ निर्वाचित हुनुभएको छ । भट्टराइले ओली र राप्रपा प्यानलका चुडामणी मैनालीलाइ पराजीत गर्नुभएको हो ।

भट्टराइले ९ सय ७५ मत ल्याउनु भएको थियो भने प्रतिस्पर्धी मैनालीले ८ सय ३६ मत प्राप्त गर्नुभएको थियो ।
निर्वाचनमा अधिकांस पदमा गठबन्धन प्यानल बिजयी भएको छ । झापामा नेकपा एस समुह कमजोर आकिएको वेलमा ओलीकै गृह जिल्लामा नेकपा ओलीपक्षका उम्मेद्धारलाई नेकपा एसका उम्मेद्धारले पाखा लगाएसगै झापाको राजनैतिक सरगर्मी जाडो समयमा समेत गरम ग।म भएको छ ।
वन समुहको निर्वाचनमा उपाध्यक्ष पदमा गोकुल ढकालले ८ सय ९६ मत प्राप्त गर्दै भट्टराइ पक्षका सालिकराम नेपाललाइ पराजीत गर्नुभएको हो । नेपालले ७ सय ९९ मत प्राप्त गर्नु भयो ।

त्यसै गरी सचिवमा पार्वती मल्ल, सहसचिवमा इश्वरी प्रसाद रिजाल, कोषाध्यक्षमा अनुज खतिवडा, आदिवासी सदश्यमा कान्टु राजवंशी, जनजाती सदश्यमा वालकुमार राइ, दलित समुहमा लाल वहादुर चहार र अपांग सदश्यमा धु्रव सुवेदी विजयी हुनुभएको छ ।

निर्वाचन समितिका सदश्य राजु वरालका अनुसार क्षेत्रिय संयोजकहरुमा दुइ न मा रमेस न्यौपाने, ३ न तारा प्रसाद चम्लागाइ, ४ न जागेश्वर राजवंशी, ५ न तोयानाथ वास्तोला, ६ न युवराज दाहाल र ९ न मा केशव प्रसाद खतिवडा विजयी वन्नु भएको छ ।

त्यसै गरी महिला सदश्यहरुमा क्रमश चित्रकला गिरी, सकुन्तला चौधरी, फिटिगं राजवंशी, लक्ष्मी आचार्य, मन्जु खतिवडा अधिकारी र कमला शिवाकोटी विजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ । २२ सय ९० मतदाता रहेको वन समुहको निर्वाचनमा १ हजा ९ सय १८ मत खसेको थियो । कार्यसमितिको कार्यकाल ४ वर्षको रहने जनाइएको छ ।