कनकाई अनलाईन
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को महाधिवेश प्रतिनिधि छनौटका लागि झापा क्षेत्र नं. ४ मा भएको निर्वाचनमा कनकाई नगरपालिका प्रमुख समेत रहेका राजेन्द्र पोखरेल सबैभन्दा बढी १,७०४ मतका साथ विजयी हुदा यसै क्षेत्रका भुपु मन्त्री समेत रहेका प्रदेश सांसद हिराकुमार थापा भने पराजित बनेका छन ।
थापा मात्रै होईन ओली क्याम्पमा भर्खरै प्रवेश गरेका सुरुङ्गाका दिपक चापागाई, शिवसताक्षीकी उपप्रमुख भोजकुमारी नेपाल लगायात सबैजनाले यस निर्वाचनमा पराजित हुदा ओली गुटले राजनितिमा आफ्नो जीन पहिचान गरेर मात्रै नेतृत्वमा लिन्छ भन्ने कुराको समेत प्रमाणित भएको छ । पुर्व प्रदेश मन्त्री थापा समेत केहि बर्ष पहिलेसम्म झलनाथ खनाल क्याम्पबाट ओली क्याम्पमा प्रवेश गरेका एमाले नेता हुन दिपक चापागाई त झन बामदेव गौतमको पार्टीका झापा जिल्ला अध्यक्ष समेत बनेका थिए ।
पछि बामदेवले एमाले पार्टीबाट राजीनामा दिएपछि सुरुङ्गा क्षेत्रका नेता चापागाई, ओम पाठक लगायात ओली समुहमा पछिल्लो पटक जोडिएका हुन । पाठक समेत कनकाईमा एमालेका अध्यक्षका प्रत्यासी थिए । तर पछिल्लो समय बरु माओवादी समुह छाडेर आउनेलाई अवशर दिने एमाले ओली क्याम्पले चापागाई, पाठक लागायातलाई नराम्ररी पाखा लगायो ।
झापा क्षेत्र नम्बर ४ को क्षेत्रबाट चितवन अधिवेनका लागि पुरुष तर्फ ६ जना र महिला तर्फ ३ जनाको संख्या आवश्यक भएपनि पुरुष तर्फ १६ र महिला तर्फ ५ जनाको उम्मेद्वारी मनोनयन भएपछि शनिवार निर्वाचन भएको हो । निर्वाचन मण्डलले दिएको जानकारी अनुसार निर्वाचित खुलातर्फ सर्वाधिक मत कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल १,७०४, धनबहादुर थेवे १,५३२, चन्द्रकुमार सेर्मा १,४६२, राधाकृष्ण खनाल १,४००, खेमनाथ मिश्र १,३४०, भैरवकुमार श्रेष्ठ १,३०२ मत प्राप्त गरी विजयी बनेका छन् ।
उनीहरुका प्रतिस्पर्धी मध्ये पुर्वमन्त्री सुमेत रहेका हिराकुमार थापाले १२२९, कैलाश कुमार राई ६४४, कोमल पन्त ५२६, गोविन्द बहादुर कुँवर ९४९, टेकनाथ ढुंगेल ४३३, दीपक चापागाईँ ७८९,प्रकाश चन्द्र खरेल ६६६, मोहन घिमिरे १०३८, विष्णुप्रसाद खतिवडा ५५१, हर्कराज राई ८३६ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
त्यस्तै महिलातर्फ अमृता राई २३१४, चम्पादेवी खनाल २२११, इन्दिरा बस्नेत १९३० मत प्राप्त गरी विजयी भएका छन् । उनीहरुका प्रतिस्पर्धी भोजकुमारी नेपालले १६४१ , नरमाया कार्कीले १०४३ मत प्राप्त गरेको बताइएको छ ।
झापा निर्वाचन क्षेत्र नंं. ४ मा नेकपा एमालेको ५,७०८ संगठित सदस्य रहेका थिए भने ३५६२ मत खसेको थियो ।