Kanakai Online

ट्रायक्षजंगले आफ्नो पहिलो जन्मदिन पुकार अपाङ्गमा मनाए


शुक्रवार, कार्तिक २६, २०७८ |

कनकाई अनलाईन
कनकाई नगरपालिका ३ सुरुङ्गाका युवा व्यावसायी तथा मदन भण्डारी स्पोटर्स एकाडेमी कनकाईका अध्यक्ष रमेशचन्द्रबाबु मैनाली तथा सावित्रा दाहाल मैनालीका छोरा ट्रायक्षजंग मैनालीको पहिलो बर्षको जन्मदिन पुकार अपाङ्ग अशक्त समाज कनकाईमा खाद्य सामाग्री प्रदान गरेर तथा यस क्षेत्रका जुनियार फुटवल खेलाडीलाई खेल सामाग्री प्रदान गरेर मनाएका छन ।

मैनाली दम्पत्तीले जन्मदिन मनाउनका लागि हुने फजुल खर्चको कटौटी गर्दै घरमै समाजसेवा मार्फत जन्मदिन मनाएका हुन ।
नानीबाबुले पछि आफु ठुलो भएर पनि यसरीनै समाजमा केहि न केही योगदान गरेर जन्मदिन मनाओस र समाजमा केहि काम गरि समाज सुधारमा योगदान दिओस भन्ने कामनाका साथ आफुहरुले छोराको जन्मदिनमा समाजमा केहि योगदान गरेको मैनाली दम्पत्तीले कनकाई अनलाईनलाई बताउँनुभयो ।

ट्रायक्षको जन्मदिनमा कनकाई ४ मा रहेको पुकार अशक्त समाजका केटाकेटीका लागि खाद्यान्न र कनकाई माविको खेल मैदानमा प्रशिक्षण गरिरहेको जुनियार फुटवल टिमका लागि जर्सी र फुटबल प्रदान गरेका हुन । ट्रायक्षको जन्मदिनमा आफ्नो संस्थालाई सहयोग गरेकोमा पुकार अपाङ्ग अशक्त समाजका अध्यक्ष निर्मला ओझा, सचिव गोविन्द सुवेदी, फुटबल प्रशिक्षक आकाश कुँबर लगायातले धन्यावाद ज्ञापन गर्नुभएको थियो ।