Kanakai Online

एमाले कनकाईको अध्यक्षमा प्रसाई


बुधवार, कार्तिक २४, २०७८ |

कनकाई अनलाईन
नेकपा एमाले कनकाईको अध्यक्षमा खडग प्रसाई सर्वसम्मत हुनुभएको छ ।
उहाँ कनकाई नगरउपप्रमुख मन्जु प्रसाईका श्रीमान तथा झापा विद्रोहका शहिद तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीका राजनैतिक गुरु रामनाथ दाहालका ज्वाई समेत रहनुभएको छ । १४ दिनसम्म नेतृत्वका लागि रस्साकस्सी चलेर अन्तिम समयमा आएर सबै उम्मेद्धारलाई उम्मेद्धारी फिर्ता लिन लगाएर सर्व सम्मत गरिएको हो ।

अध्यक्ष पदकालागि दावेदारी प्रस्तुत गर्नेहरुमा प्रसाईँसहित गोविन्द पौडेल, तुलाराम बस्नेत, ओम पाठक, गोकर्ण ओझा र कृष्णकुमार खतिवडा रहेका थिए ।

यसैगरि उपाध्यक्षमा विनोद रानामगर, सचिवमा देवीप्रसाद उप्रेती, उपसचिवद्वयमा दिपक चापागाईँ र खिनमाया आचार्य खतिवडा समेत सर्वसम्मत भएका छन ।

नेतृत्व चयनकालागि एमाले नेता तथा शिक्षासेवी अखिलकुमार कोइरालाको संयोजकत्वमा कर्णवहादुर डाँगी र हरिप्रसासद तिम्सिना सदस्य रहेको निर्वाचन समिति समेत बनेको थियो ।

यसैगरि पार्टीको ७५ सदस्यीय नगरकमिटी समेत सर्वसम्मत गठन भएको छ । जसमा अधिकांस माओवादी, माधव समुह तथा कांग्रेस पार्टी छाडेर एमालेमा पार्टी प्रवेश गर्नेहरुलाई सदस्यमा स्थान दिइएको छ । वडा नं.१ बाट शुशिल पोखरेल, लीलाप्रसाद तिम्सिना, दलबहादुर थापा, इन्दिरा बराल र सीता अधिकारी रहेका छन् ।

त्यस्तै वडा नं. २ बाट श्यामसुन्दर ओली, भिष्म मैनाली, तोयानाथ अधिकारी, बलराम राई, पर्शुराम गिरी , तुलसामाया चापागाईं, नरादेवी मगर रहेका छन् ।

त्यस्तै वडा नं. ३ बाट डिल्लीराम उप्रेती, मनोहरी विमली, नरेन्द्रप्रसाद फुयल, ख्यामप्रसाद ओली, मनकुमार न्यौपाने, विश्वविजय खरेल, कमलप्रसाद कट्टेल, मिनाल तिम्सिना, कृष्णमाया भुजेल, दिव्यश्वरा शिवाकोटी, मन्दिरा सुवेदी, प्रमिला खरेल रहेका छन् ।

त्यस्तै वडा नं.४ बाट राजेन्द्र डाँगी, धर्मेन्द्र सुवेदी, प्रदिप वि. क., नविनकुमार राई, लोकनाथ ढुङ्गाना, ताराबहादुर कोइराला, टीका गौतम, मञ्जुदेवी संग्रौला रहेका छन् ।

वडा नं ५ बाट पुन्यप्रसाद ओझा, विनोद सुब्बा, हेमकर्ण अधिकारी, इन्दिरादेवी अधिकारी, नरकुमारी गुरुङ, कल्पना उपाध्याय काफ्ले रहेका छन् ।

वडा नं. ६ बाट सूर्यप्रसाद पौडेल, धर्मेन्द्र भट्टराई , कमल कुमार बस्नेत, खिनमाया बस्नेत रहेका छन् । त्यस्तै वडा नं. ७ बाट शिवराज बस्नेत, पर्शुराम दाहाल,. प्रकास शिवाकोटी, गीता चौहान रहेका छन् ।

त्यस्तै वडा नं. ८ बाट सूर्यमान भारती, थामनारायण गिरी, सुनिता खरेल सिग्देल, सरिना कार्की, यसोदा मैनाली रहेका छन् । वडा नं. ९ बाट केवलनाथ पराजुली, नरमान श्रेष्ठ, राजेन्द्र उप्रेती, नर्वदा संग्रौला, गौरा उप्रेती रहको बताइएको छ ।

आदिवासी मधेशी तर्फ नवलकिशोर दत्त, युवराज राजवंशी र शान्ता चौधरी रहेका छन् । त्यस्तै अल्पसंख्यक तर्फ अनिल गोयल, माराङ हास्दा रहेका छन् । दलित तर्फ देवेन्द्र दर्जी, सञ्जिता ल्वागुन, निर्मला कार्कीडोली रहेको बताइएको छ ।

जनजाती तर्फ भिमप्रसाद प्रधान, लक्ष्मीकुमार राई, गम्भिरबहादुर राई, मनमाया तामाङ् जिवनकुमार श्रेष्ठ र गोमा खवास रहेको निर्वाचन समितिले जनाएको छ ।