Kanakai Online

सूर्यवंशी मनोरञ्जनको सम्पूर्ण खुराक


शनिवार, कार्तिक २०, २०७८ |

कनकाई अनलाईन
सन् १९९३ मा मुम्बईमा शृंखलाबद्ध बम बिस्फोट भयो । यो एक अत्यासलाग्दो र दर्दनाक मात्र होइन, खेदजनक कृत्य पनि थियो । त्यसबेला धराप थाप्न आतंककारीले एक हजार किलो आरडिएक्स ९विस्फोटक पदार्थ० मुम्बई भित्र्याएका थिए, जसमध्ये मुम्बई हमलामा ४ सय किलो प्रयोग भयो । बाँकी ६ सय किलो आरडिएक्स कहाँ छ ?

यही प्रश्नबाट सुरु हुन्छ फिल्म ‘सूर्यवंशी’को कथा । प्रहरीले सुराक पाएको छ कि, मुम्बईमा अर्को भयानक हमला हुनेवाला छ । र, यसमा त्यही आरडिएक्स प्रयोग गरिदैछ जो २८ बर्षअघि मुम्बई हमलापछि बाँकी रहेको थियो ।

अब प्रहरी सामुन्ने ठूलो चुनौती खडा छ, लुकाइएको आरडिएक्स पत्ता लगाउने र हिन्दुस्तानका शहरलाई संभावित विध्वांसबाट जोगाउने ।

मुम्बईमा भएको बम विस्फोटकको घटना सत्य हो । त्यही घटनामा टेकेर बुनिएको काल्पनिक कथाले ‘सूर्यवंशी’लाई डोहोर्‍याउँछ । काल्पनिक सही, सूर्यवंशीले दर्शकको ध्यान भड्काउँदैन । बरु कथाको बेगसँगै एकोहोरो बनाउँछ ।

कोरोना महाव्याधिपछि तहसनहस सिनेमा हल अब के होला रु सर्वत्र चिन्ता र चासो थियो । यसैबीच ओटिटी यस्तो हस्तक्षेपकारी प्लेटफर्मको रुपमा आयो, जसले सिनेमा हलको अस्तित्वमाथि नै प्रश्न उठाइदियो । ओटिटी प्लेटर्फममा धमाधम फिल्म–शृंखला सार्वजनिक हुन थालेपछि यो संशय अरु गाढा बनेको थियो, के साँच्चै मान्छेहरु अब फिल्म हेर्न हलमा जानेछन् रु

‘सूर्यवंशी’ले यो आशंका मेटिदिएको छ । र, जवाफ दिएको छ, ‘जानेछन्, निर्धक्क जानेछन् ।’ यसका लागि एउटै सर्त बाँकी रह्यो, सिनेमा गजब हुनुपर्‍यो ।

उसो त रोहित सेट्टीप्रति धेरै अपेक्षा गर्नु बेकार हुन्छ । उनी गहकिलो मुद्दा र घतलाग्दो प्रस्तुतीहरु लिएर हम्मेसी आउँदैनन् । गाडी अनि पुलिसको आश्चर्यलाग्दो चमत्कार देखाउनु चाहि उनको निजी विशेषता हुन् । यद्यपि उनको फिल्ममा केही त त्यस्तो तत्व हुन्छ, जसले दर्शकलाई अविचलित हलमा बाँधेर राख्न सक्छ । ‘सूर्यवंशी’ त्यसैको एक दृष्टान्त हो ।

कस्तो छ कथा ।

‘सिंघम’ र ‘सिम्बा’ को पूर्ववत् शैलीलाई पच्छ्याउँदै ‘सूर्यवंशी’को कथा अगाडि बढ्छ । यसमा मुम्बई एन्टी टेरोरिज्म स्क्वाडका एक प्रहरी अधिकारी छन्, बीर सूर्यवंशी ९अक्षयकुमार० । उनीसँग मात्र दुईवटा कमजोरी छन् । एक, कसैको नाम सही ढंगले याद गर्न नसक्ने । दुई, परिवारप्रति पूर्ण उत्तरदायित्व निर्वाह गर्न नसक्ने । जबकि उनी एक जब्बर प्रहरी हुन्, जो छातीमा गोली लाग्दा समेत आफैलाई उपचार गर्ने डाक्टरसँग रोमान्स गर्न भ्याउँछन् ।

एकातिर उनको प्रेम–जीवनको व्यारोमिटर चढ्दैछ, अर्कोतिर शहरमा आतंकको बादल मडारिदैछ । मुम्बई शहर, जो पटक–पटक आतंककारीको निसाना बन्यो । यो शहरले एक पछि अर्को शृंखलाबद्ध बम बिस्फोटको घाउ सहनु परेको छ । भनिन्छ, मुम्बईमा अब ती सबैभन्दा भयानक बम हमला हुनेवाला छ । यो गुप्त योजनालाई विफल तुल्याउँदै सिंगो भारतलाई आगोको मुश्लोमा परिणत हुन नदिन सूर्यवंशी कटिबद्ध छ । यसका लागि उनी जहान(परिवार छाडेर किनपनि लागिपरेका छन् भने, विगतमा भएको मुम्बई हमालामा उनले आफ्ना आमा(बुवा गुमाएका थिए ।

शहरमा स्लीपर सेल सल्बलाइसकेका छन् । यसका मास्टर माइन्ड उमर हफीज ९ज्याकी श्राफ०ले । कठोर बदलाको भावसहित उनले ४० जनाको समूहलाई भारतका विभिन्न शहरमा पठाएका छन्, जसलाई ति शहरहरुमा आ(आफ्नै पेशा(व्यवसाय गरेर बस्न छुट छ । उनीहरुले त्यसबेलासम्म कसैको हानी पुर्‍याउने छैनन्, जबसम्म सही समय आउँदैन । र, यस्तो समय आउन बर्षौं बर्ष लाग्न सक्छ ।

आतंककारीहरु चाहन्छन्, हिन्दुस्तानका शहरमाथि आगोको लप्काहरु उठेको । र, सम्पूर्ण शहर खरानी भएको । किन रु

किनभने हिन्दुस्तानमा उनीहरुमाथि ज्यादती भएको छ । कतिले त्यहाँ आमाबुवा गुमाए, कतिले बालबच्चा । अर्थात हिन्दुस्तानले उनीहरुको जीवनमा कहिल्यै नमेटिने चोट दिएको छ, जसको बदला लिन उनीहरुले आतंकको बाटो अपनाएका छन् । र, मुस्लिमको मुखुण्डो ।

सूर्यवंशी भन्छन्, ‘इस देश मे जितनी नफरत कसाब के लिए है, उतनी ही इज्जत कलाम के लिए भी है ।’ अर्थात हिन्दुस्तानले मुस्लिमलाई हेलाहोचो गरेको छैन । बरु श्रद्धा गर्छ । सम्मान गर्छ । तर, मुस्लिमको आडमा आतंक मच्याउनेप्रति भने हिन्दुस्तान कोमल छैन । कठोर छ ।

उनीहरु भन्छन्, ‘टेरोरिज्मले अरुलाई होइन आफ्नै मुलुकलाई हानी भएको छ । टेरोरिज्मको कारण त्यती सुन्दर देशमा टुरिज्म फस्टाएको छैन ।’

तर, बदलाको भाव बोकेका ति समूह यस्ता अर्ति सुन्न तयार छैनन् । उनीहरुको एकमात्र ध्येय छ, जसरी पनि हिन्दुस्तानका शहरलाई खरानी बनाइदिने । अब यो लडाई कहाँ पुगेर टुंगिन्छ रु बर्षौंदेखि विच्छ्याइएको आतंकको जालोलाई प्रहरी अधिकारीले कसरी ध्वस्त बनाइदिन्छ रु

२ घण्टा २५ मिनेट फिल्मले यसैको जवाफ खोज्छ ।

रोहितको जादु

‘खतराका खेलाडी’ रोहित सेट्टी र ‘खेलाडीका खेलाडी’ अक्षयकुमारको एक्सन–थ्रिलर फिल्म हो, सूर्यवंशी । बलिउडले पटक(पटक बुन्ने आतंककारीको कथालाई यसले नविकरण गरेको छ । आतंककारी र प्रहरीबीचको घम्साघम्सीबीच फिल्मको मूल कथा बग्छ । पूर्ववत् रुपमै मुस्लिम अनुहारमा आतंककारीको मुखुण्डो पहि¥याइएको छ । तर, असली मुस्लिम आतंककारी छैनन् भन्ने कुरा पनि पुष्टि गर्न खोजिएको छ ।

बम विफस्फोट हुने भयले तितरबितर हुँदै गरेको एक व्यस्त गल्लीमा जब गणेशको प्रतिमालाई जोगाउन मुस्लिमहरुले हातेमालो गर्छन्, यस्ता दृश्यहरुले धार्मिक सहिष्णुताको कुरालाई अरु प्रगाढ बनाउन खोजिएको छ । मस्जिदको पृष्टभूमीमा गणेशको प्रतिमालाई देखाएर सबै धर्म, जातजातिप्रति सम्मान पनि दर्शाइएको छ ।

रोहितको फिल्ममा गाडीको रोमाञ्चक खेल किन पो छुट्थ्यो र रु उनले सूर्यवंशीमा पनि भरपुर मात्रामा गाडी उडाउने, पड्काउने काम गरेका छन् । उनको एक्सन(कोरियोग्राफी भव्य छ । सिनेम्याटोग्राफी र ब्याकग्राउन्ड स्कोरको तालमेलले सिनेमा हलको रौनक बढाइदिन्छ ।

तर, मध्यन्तरअघि कथा जति तिब्रताका साथ अगाडि बढेको छ, त्यसपछि यताउता अल्झिएको छ । परिवार–प्रेमलाई जोड्न र हास्य खुराकहरु समेट्न खोज्दा कथा धीमा बनेको छ । सिम्बा ९रणवीर सिंह० र सिंघम ९अजय देवगण०लाई प्रवेश गराएर क्लाइमेक्समा जसरी धमाका देखाउन खोजिएको छ, त्यस विपरित मूल कथाको गाम्भीर्यता फितलो बनेको छ । एक्सनमा बढी हाँसो(मनोरञ्नन पस्कदा डरलाग्दा आतंककारीहरु समेत जोकर जस्तै बन्न पुगेका छन् ।

आखिर जे भएपनि रोहित सेट्टीको आत्मविश्वासले सही नतिजा दिएको छ । लामो सून्यता र सन्त्रासपछि सिनेमा हलको चहलपहल बढाइदिएका छन् । ‘सूर्यवंशी’ले यो सावित गरिदिएको छ कि, अब दर्शक निर्धक्क हलमा आउनेछन् । बस्, फिल्म फिल्म जस्तै हुनुपर्‍यो।

फिल्म सूर्यवंशी

निर्देशक रोहित सेट्टी

जनरा एक्सन थ्रिलर

अवधि २ घण्टा २५ मिनेट

कलाकार अक्षयकुमार, क्याटरिना कैफ, ज्याकी श्राफ, अभिमन्यु सिंह, ज्याकीगुलशन ग्रोवर, कुमुद मिश्रा आदि ।