कनकाई अनलाईन
झापामा नेकपा एमालेको ९ पालिकाहरुमा नेतृत्व सर्वसम्मत र निर्वाचन प्रक्रियाद्धारा चयन भएको छ । हालै शिवसताक्षी नगरपालिकामा निर्वाचन प्रक्रियाबाटै नेतृत्व चयन भएको छ ।
एमाले शिवसताक्षीको अध्यक्षमा मेघाहाङ थोप्रा (रोशन) निर्वाचित हुनुभएको छ । उहाँका प्रतिद्वन्दी सिताराम भेटवाललाई पराजित गर्दै थ्र्रोपा निर्वाचित हुनुभएको हो । यस्तै, उपाध्यक्षमा कमल लामिछाने विजयी हुनुभएको छ । लामिछानेसहित जय नारायण अधिकारी र घनश्याम पोखरेल उपाध्यक्ष पदमा निर्वाचन लडनुभएको थियो । यसैगरि सचिवमा कमल नेपाल सहसचिवमा भीमबहादुर लिवाङ र सुमित्रा अधिकारी र १३ खुल्ला सदस्य समेत निर्वाचनबाटै चयन हुनुभएको छ ।
नेकपा एमाले कचनकवलको अध्यक्षमा नवराज भट्टराईसहित ७२ सदस्यीय पार्टी कमिटीमा सर्वसम्मत नेतृत्व चयन भएको छ ।
गाउँ कमिटीको उपाध्यक्षमा चेतराज भट्टराई , सचिव दुर्गा थापा, उपसचिव सुवल राजबंशी सर्वसम्मत चयन भएका छन् । एकजना महिला उपसचिव खाली राखिएको अध्यक्ष मण्डलका बसन्त बानियाँले जानकारी दिनुभयो ।
यसैगरि एमाले बाह्रदशीमा सर्वसम्मतीबाट नेतृत्व चयन भएको छ । बाह्रदशीको अध्यक्षमा बुद्धराज कार्की, उपाध्यक्ष गंगाराम धिताल, सचिव घनेन्द्र ढकाल सर्वसम्मत हुनुभएको हो । बाँकी रहेको सहसचिव र सदस्य समेत सहमतिबाटै चयन गर्ने प्रयास भइरहेको नेताहरुले जानकारी दिएका छन् ।
यस्तै , बुद्धशान्तीको अध्यक्षमा नेत्र रिजाल सर्वसम्मत हुनुभएको छ । भने उपाध्यक्षमा शम्भु पौडेल, सचिव धरणीधर पोखरेल सर्वसम्मत हुनुभएको छ । यसैगरि अर्जुनधारा नगरपालिकाको अध्यक्षमा बलदेव गोम्देन निर्वाचित हुनुभएको छ । नगरको अध्यक्षमा गोम्देन र लोकनाथ गौतम बिच निर्वाचन भएको थियो सार्वजनिक मत परिणाम अनुसार गोम्देनले ११७ र गौतमले १०२ मत ल्याउनुभएको छ ।
यस्तै, उपाध्यक्षमा लोकमान श्रेष्ठ, उपसचिवमा सरता भण्डारी र जनक चौलागाई निर्वाचित हुनुभएको छ । पदाधिकारीमा सचिव लवकुश गौतममात्रै सर्वसम्मत हुनुभएको थियो । यसैगरि गौरीगञ्ज गाउँपालिकामा गोविन्द कुँवरको अध्यक्षतामा
उपाध्यक्षमा रामकृष्ण पन्त, सचिव सर्वण गिरी, उपसचिवमा राजकुमार राजवंशी र कृष्ण महतो सहित ७५ सदस्यीय पालिका कमिटी बनेको छ ।
पार्टीका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला समेत रहेको झापामा अब कनकाई नगरपालिका, झापा गाउँपालिका, बिर्तामोड नगरपालिका,मेचीनगर नगरपालिका,गौरादह नगरपालिकामा नेतृत्व चयन हुन बाकी रहेको छ । यी पालिकाहरुमा समेत निर्वाचनको मिति सार्वजनिक गरिसकिएको नेकपा एमाले झापाले जनाएको छ । कनकाई नगरपालिकामा अध्यक्षमा समेत ६ जनाको दावी भएपछि चुनाव हुने बताइएको छ ।