Kanakai Online

सहारा सहकारीले आफ्नै खर्चमा डाक्टर उत्पादन गर्ने


सोमवार, कार्तिक १५, २०७८ |

कनकाई अनलाईन
सहारा नेपाल ऋण तथा सहकारी संस्था बिर्तामोडले अव खर्च अभावमा अध्यानबाट वञ्चित हुने आफ्ना शेयर सदस्यका छोराछोरीलाई डाक्टर बन्नका लागि समेत अनुदान उपलब्ध गराउने भएको छ ।
सहकारी संस्थाले आज सोमवार आयोजित पत्रकार सम्मेलनमा आफ्ना कार्यक्रमहरु सार्वजनिक गर्दे संस्थाका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले सहकारीले स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन सुरु गर्न सन्थाल,लेप्चा,किसान जातिका गरिव तथा जेहेन्दार विद्यार्थीलाई डाक्टर बन्नका लागि १० जना विद्यार्थीलाई प्रति विद्यार्थी २५ लाखको दरले अनुदान उपलब्ध गराउने बताउँनुभयो । ती विद्यार्थीले डाक्टर बनेपछि केहि समय भने सामाजिक गतिविधिमा अनिवार्य सहभागि हुनुपर्ने समेत गिरीले बताउँनुभयो ।

संस्थाले ‘म पनि उद्यमी’ कार्यक्रम अन्र्तगत ४ बर्ष भित्रमा १० हजार उद्यमी सदस्य तयार गर्ने उक्त कार्यक्रमका लागि अध्ययन, तालिम÷सीप, ऋण, बजार र प्राबिधिक ज्ञानका लागि सहयोग गरिने गिरीले बताए ।

२०७८ असार मसान्तसम्म संस्थामा १ लाख ५० हजार ३ सय ५४ जना शेयर सदस्य रहेका छन् भने प्रदेश १ का ११ जिल्लाका ८० स्थानीय तहमा कार्यक्षेत्र बनाएर कार्य गर्दे आएको जनाइएको छ । संस्थाको शेयर पुँजी १ अर्व ४६ करोड ६५ लाख,जगेडा कोष ९४ करोड १ लाख तथा अन्य कोष ३७ करोड ५७ लाख, बचत ८ अर्ब २३ करोड ९४ लाख, लगानीमा रहेको ऋण १० अर्ब १ करोड ४२ लाख, भौतिक सम्पती ४० करोड ८८ लाख र बाह्य ऋण १ अर्ब ३२ करोड रहेको जनाइएको छ । ०७८ असार मसान्तसम्मको संस्थाको वासलात १२ अर्ब ७१ करोड ८१ लाख पुगेको छ भने कोरोना महामारीको अवस्था समेत ४५ करोड १२ लाख खुद नाफा रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।