लेखक – उदय मैनाली
नेपाली राजनीतिमा परिवर्तनको संबाहक मानीने युवा शक्ति बर्तमानमा नेपाली राजनीतिक दलहरूको महाधिवेशनमा आएर सक्रिय भएको देखीनछ । वड़ा देखी पालिकासम्म को कांग्रेस र एमालेको अधिवेशनमा युवाको हस्तक्षेपकारी भूमिका देखीनुले युवाहरूको परिवर्तन प्रतिको ज़िम्मेवारी केही हदसम्म पूरा हुने सम्भावना बढ़ेको छ ।
नेपालको समग्र राजनीतिक आन्दोलन नै क्रान्तिको चरणमा गतिशील, नवीन र जनमुखी हुने तर व्यवस्थापन र निर्माणको चरणमा पुगेपछि यथास्थितिले घेराबन्दी गर्ने प्रवृत्ति देखियो ।
ठूला आन्दोलन भए, संविधान पनि बन्यो तर आन्दोलनले निर्दिष्ट गरेको बाटो, लक्ष्य र गन्तव्यमा अन्याेल देखियो । यो कुरा युवा आन्दोलनमा पनि देखियो । १० वर्षे जनयुद्ध वा ०६२/०६२ जनआन्दोलनमा युवाहरूको उभार आएको हो ।
युवाहरूकै कारण त्यो परिवर्तन सम्भव भएको हो । यसको रापताप केही वर्षमा त रह्यो तर विस्तारै युवाहरू देखिने, सुनिने र छलफल गरिने विषय कम हुँदै गए । राजनीतिक आन्दोलनलाई गति दिन र यसमा नयाँ चेतना भर्न युवा आन्दोलनको ठूलो योगदान रह्यो ।
जनमुखी र क्रान्तिकारी संस्कारमा केही समस्या भयो । पछिल्लो समय युवाहरूको राजनीतिक आन्दोलनप्रति त्यति धेरै रूचि देखिँदैन । आन्दोलन र युद्धका क्रममा जन्मिएकाहरू अहिले जनमत प्रकट गर्ने र निर्वाचनमा सहभागी हुने उमेर समूहमा छन् ।युवा भन्ने बित्तिकै नयाँ सोच, जाँगर, जोश र उर्जा बोकेका देश निर्माणमा अत्यावाश्यक पक्ष हो । विश्व सर्वहारा वर्गका महान दार्शनिक कार्ल माक्र्सको शब्द सापटी लिँदा युवाहरु हो, जिते संसार छ, हारे केही पनि छैन । यसको मतलब संसारभरीका युवा वर्गमा जित्नका लागि साहस र आँटको जरुरत छ । यो यथार्थता बहुसंख्यक श्रमजीवि किसान मजदुरहरुले भरिएको नेपाल जस्तो मुलुकका श्रमजीवि किसानका सन्तानहरुको लागि हिजो, आज र भोली पनि सान्दर्भिक रहीरहने छ । युवाहरुको बारेमा अर्का सर्वहारा वर्गका नेता माओ भनेको छन् यो संसार तिमीहरुको पनि हो, हाम्रो पनि हो, तर अन्त्यमा तिमीहरुकै हो । वास्तवमा युवाहरु नजागेसम्म संसारका कुनै पनि परिवर्तन र क्रान्ती सम्भव भएका छैनन् । युवाहरु नै राष्ट्रका परिवर्तकारी शक्ति हुन् । त्याग, निष्ठा, बलिदान र नविनतम सोच र विचारमा प्रतिबद्ध युवाहरु वास्तव मै राष्ट्रका अमूल्य निधि र उत्पादक शक्ति हुन् । युवाहरुमा प्राकृतिक रुपमा तातो रगत र उच्च मनोबल रहेको हुन्छ । साथै युवाहरु स्वभाव ले नै विद्रोही प्रवृत्तिका समेत हुन्छन् । क्रान्तीकारी भावना र समाजको अग्रगामी परिवर्तनको नयाँ नविन सोच र उर्जा युवाहरुमा सल्बलाईरहेको हुन्छ । विश्व इतिहासमा मात्र हैन नेपालको गौरवमय इतिहासको किताब पल्टाएर हेर्दा पनि वि.सं. १९९६ को राणा विरोध िआन्दोलनमा गंगालाल जस्ता युवाहरुको सहभागिता, वि.सं. २००६, वि.सं. २०१५, वि.सं. २०३६, वि.सं. २०४६ को जनआन्दोलन, वि.सं. २०५२ देखी संचालित सशष्त्र जनयुद्ध तथा वि.सं. २०६२÷६३ को जनआन्दोलनमा युवाहरुको भूमिका र योगदान अतुलनिय रहेको थियो । नेकपा एमालेको चालू महाधिवेशनमा वड़ादेखी पालिकासम्म देखिएको युवा सक्रियतालाई नेपाली राजनीतिमा सकारात्मक परिवर्तनको लक्षण मान्न सकींछ । नया जोश जाँगर बोकेका, भिजन र बौद्धिकता बोकेका युवा जमात अबको पुस्ताको नेतृत्व हुनु पर्छ । नत्र फेरी पनी परम्पराबादी सोचले नेपाली समाज जहाँको तेही रहने छ । चिया पसल र चोक ग़ल्लीमा नेतृत्वलाई गाली गरेर केही हुनेवाला छैन बरु विकल्प दिन तयार हुनु नै पर्छ । जबज को प्रमुख विशेषता नै स्वस्थ प्रतिस्पर्धा हो । सक्षम नेतृत्व स्वच्छ प्रतिस्पर्धाबाट मात्र आऊँछ । अब युवाले खुट्टा कमाउनु हुँदेन । अनी दलका आम ईमानदार कार्यकर्ताले पनी यस अवसरलाई नग़ुमाई युवालाई पार्टी नेतृत्व हस्तान्तरण गर्ने अभियानमा लाग्नु पर्छ । नत्र अर्को ५ वर्ष पछुताउनुको विकल्प रहने छैन ।
युवा आफैँले हस्तक्षेपकारी भूमिका बढाउन आवश्यक छ । हस्तक्षेप भौतिक आन्दोलनमा मात्र नभएर राजनीतिक र वैचारिकरूपले एजेण्डा निर्माण र त्यसको कार्यान्वयनमा हुनुपर्याे ।
अब युवाहरूले अध्ययन अनुसन्धानमार्फत वैचारिक र राजनीतिक वृत्तमा आफ्नो भूमिका खोज्न आवश्यक छ । मूलरूपमा युवाको काम खोज अनुसन्धान र व्यापक जनपरिचालन हो । केन्द्रीय मुद्दादेखि गाउँको मुद्दासम्म युवाको उपस्थिति हो ।
समाजवादको कुरा होस् या संघीयता कार्यान्वयनको कुरा होस् गाउँमा शिक्षा, स्वास्थ्यबाट वञ्चित कुरा होस् । यस्ता विषयमा युवाले हस्क्षेपकारी परिवर्तन गर्न सकेको खोई ?
हामीले अभ्यास गरिरहेको राजनीतिक प्रणालीले केही असहजता बनाएको हो । जनयुद्धको नेतृत्व गर्ने प्रचण्ड ३६ वर्षमै पार्टी प्रमुख भएका हुन् । झापा आन्दोलनलाई नै हेर्दा पनि नेतृत्व गर्ने नेताहरू युवा नै थिए ।
बीपी आफैं ३६ वर्षमा गृहमन्त्री भएका हुन् । त्यो बेला त समाज, राजनीतिले युवालाई स्वीकार गरेको हो भने अहिले नगर्ने कुरा आउँदैन । समस्या राजनीतिक नेतृत्व र युवा दुवैमा छ ।
युवाहरू युवा चिन्तनसहित सरकारमा जान पाएका छैनन् । कहिलेकाहीँ त अझ नेतृत्वको कृपाले गएका छन् । युवाहरूले स्वतन्त्र विचार बनाउन पाएकै छैनन् ।
तसर्थ समस्या जताततै छ । युवाले यथास्थितिप्रति प्रश्न गर्ने, नयाँ खोज गर्ने, नयाँ दिशामा युवाहरूलाई लिएर हिँड्ने प्रवृति पूरै निरूत्साहित छ । त्यसैले युवाको फरक फ्लेबर आएको छैन ।