Kanakai Online

शैशव मञ्चको आयोजनामा ताप्लेजुङमा दिप बाल क्लबको स्थापना


बुधवार, कार्तिक १०, २०७८ |

कनकाई अनलाईन

ताप्लेजुङ जिल्लाको विकट गाउपालिका सिदिंङवाको वडा नम्बर २ मा गाउपालिका कै पहिलो वडा स्तरीय बाल क्लब शैशव मञ्च नेपालको नेतृत्वमा गठन गरिएको छ । बालविवाह अत्यधिक मात्रामा हुने र बालबालिकाका लागि कुनैपनि बालबालिकाको नेतृत्वमा कार्यक्रममा नहुनेमा वडामा अब भने बाल क्लबको नेतृत्वमा बाल कार्यक्रम हुने भएका छन् । ूबालमैत्री देश बनाउने हाम्रो अभियानू भन्ने मुल नाराका साथ स्थापना भएको शैशव मञ्च नेपाल संस्थाले क्रमशः बालबालिकाका लाई नेतृत्वमा ल्याउन समुदाय केन्द्रित बाल संस्था वा संस्थाका शाखा स्थापना गर्दै आईरहेकोले ताप्लेजुङको सिदिंङवा वडा नम्बर २ मा पनि बाल क्लबको स्थापना गरिएको छ ।

शैशव मञ्च नेपालका केन्द्रीय अध्यक्ष दिवश कार्कीको अध्यक्षता तथा वडा नम्बर २ का वडा अध्यक्ष कृष्ण पौडेलको प्रमुख आतिथ्यतामा वडा बाल भेला गरि बाल क्लबको स्थापना गरिएको हो । क्लबको अध्यक्षमा रविन दाहाल , उपाध्यक्षमा रन्जिता वि। क र यामुना बानियाँ , सचिवमा सरिता प्याकुरेल , सहसचिवमा रोशन प्याकुरेल , कोषाध्यक्षमा स्मृति प्याकुरेल र सौरज माङ्मु , सदस्यहरुमा हरिराज कार्की ,समीक्षा कटुवाल , सम्झना राई , एन्जिला पौडेल , सुवेक्षा कार्की , पुजा माङमू ,भावना सेलिङ, मञ्जु प्याकुरेल ,मनिसा खड्का र पुजा माङमू छनोट भएका छन् । सल्लाहकारमा शैशव मञ्च नेपाल सिदिंङवा पालिका प्रतिनिधि रमेश पौडेल र शिक्षक खोम सापकोटा रहेका छन् । प्रवक्ता र प्रमुख सल्लाहकार संस्थाको पहिलो बैठकबाट छनोट गरिनेछ ।

पहिलो पटक वडा स्तरीय बाल क्लब स्थापना भएकोमा सम्पूर्ण वडा बासि बालबालिका हर्षित भएका छन् । साथै बाल क्लबका पदाधिकारी पनि गौरवान्वित भएका छन् । बाल क्लब गठनले समुदायमा अत्यन्त सकारात्मक प्रभाव परेकाले बालविवाह न्यूनीकरण हुने बाल कार्यक्रम भईरहने अपेक्षा गरिएको छ ।