कनकाई अनलाईन
नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा एमालेको अधिवेशन अनिश्चित बनेको छ ।
एमाले बिर्तामोड नगर कमिटी अध्यक्षका लागि १४ जना, सचिवमा ८ जना, उप(सचिब १६ जनाको उम्मेद्बारी परेको छ ।
सहमतीको नेतृत्व चयन हुन नसकेपछि अधिबेसन स्थगित भएको छ । झापाको दमक र कमल गाउँ पालिका बाहेक अन्य कुनै पालिकामा नेतृत्व चयन हुन सकेन । यसैगरि कनकाईमा समेत अध्यक्षमा ६ जनाको उम्मेद्धारी परेको छ । झापाका १३ पालिकामा उमेदवारहरु बिच विवाद हुदा अधिबेसन अनिस्चित बनेको छ ।