Kanakai Online

कनकाई एमालेमा ६ भाईको उम्मेद्धारी


मङ्गलवार, कार्तिक ९, २०७८ |

कनकाई अनलाईन
नेकपा एमाले कनकाईको अध्यक्ष पदका लागि ६ उम्मेद्धारले अध्यक्षमा मनोनयन दर्ता गरेपछि निर्वाचन मण्डलले भोली सम्मका लागि सम्पुर्ण कार्यक्रम स्थगित गरेको छ ।


अध्यक्षमा गोविन्द पौडेल, गोकर्ण ओझा, तुलाराम बस्नेत, कृष्ण खतिवडा,खडग प्रसाई र ओम पाठकले अध्यक्षमा उम्मेद्धारी दिएसगै समय अपुग भएको भन्दै निर्वाचन मण्डलका सहजकर्ता तथा प्रदेश सरकारका मन्त्री समेत रहनुभएका माननीय हिरा थापा सहितको निर्वाचन मण्डलले भोली सम्मका लागि निर्वाचनको सबै कार्यक्रम स्थगित गर्नुभएको हो । कार्यक्रम कनकाई उद्योग बाणिज्य संघको सभाहलमा भएको थियो ।

यसैगरि उपाध्यक्षमा समेत एक पदका लागि ३ जनाको उम्मेद्धारी परेको छ जसमा जनक कार्की, दधिराम पोखरेल र कमला सुवेदीको उम्मेद्धारी परेको छ । सचिवमा एक पदका लागि ४ जनाको उम्मेद्धारी परेको छ जसमा दिपक चापागाई, छवि थपलिया, लीला भेटवाल र माननीय हिरा थापाका स्वकिय सचिव समेत रहनुभएका हालका सचिव विनोद रानामगरले दावी गर्नुभएको छ । यसैगरि २ जना उपसचिवमा लागि समेत ७ जनाको उम्मेद्धारी परेको छ जसमा भरत थपलिया, दिनानाथ खतिवडा, प्रेम अधिकारी,रोषन सुवेदी, खिनमाया खतिवडा र देवि उप्रेती रहेका छन ।
कनकाईमा एमालेका १३ सय ६५ सदस्य रहेका छन ।

उनीहरु सबैको प्रतिनिधित्व हुनेगरि नेतृत्व भरसक सर्वसम्मत नभए निर्वाचनबाट हुने निर्वाचन मण्डलले जनाएको छ ।
एमालेको केन्द्रिय सल्लाहकार समितिका सदस्य वालकृष्ण मैनालीको प्रमुख आत्यितामा भएको कार्यक्रममा माननीय प्रदेश सरकारका मन्त्री हिराकुमार थापा, संघिय सांसद एलपी साँबा लगायातको आथित्यता रहेको थियो ।