कनकाई अनलाईन
कनकाई नगरपालिका ३ सुरुङ्गाका पुराना व्यावसायी गौरीलाल श्रेष्ठको आज बेलुकी ७ बजे निधन भएको छ ।
सुनचादी व्यावसायी श्रेष्ठ लामो समयदेखि अर्बुद रोगबाट पिडित रहनुभएको थियो । उहाँ सुरुङ्गा बजारमा रहेको सुन्दर एण्ड सन्स ज्वलेरीको संचालक रहदै आउनुभएको थियो । उहाँको भोली बुधवार बिहान साढे १० बजे कनकाई माईमा अन्तिम सस्कार गरिने उहाँका भाई पुर्णलाल श्रेष्ठले जानकारी गराउनुभएको छ ।
मृतक श्रेष्ठकी श्रीमती चन्द छोरा प्रविन र छोरी पुजा रहेका छन ।
कनकाई उद्योग वाणिज्य संघ सदस्य , सुनचादी व्यावसायी संघको पुर्व अध्यक्ष, नागरिक समाज सुरुंगाका संस्थापक, मानवअधिकार वादी संस्थाको समेत सदस्य रहनुभएको थियो । फोक्सोको क्यान्सरबाट १ बर्षदेखि उपचाररक्त रहनुभएको थियो ।
Trending
- कनकाईमा दललाई पाचौ झड्का सामुदायिक वनमा स्वतन्त्रका परशुराम बिजयी
- जामुनबारी बनको निर्वाचन, कुल ८ सय ५१ मतदातामा ८ सय ९मत खस्यो
- लियो क्लव कनकाईले मिनि म्याराथुन गर्दै
- झापामा दुबै दारा काटिएको मृत हात्ती फेला
- लागुऔषधको अखडा बन्दै बिर्तामोडका होटल
- लागु औषध विरुद्धको सचेतना दुर्गापुरमा
- बिर्तामोडमा नक्कली सुन बेच्ने भारतीय पक्राउ
- वनका अध्यक्ष बाहेक सबै पदमा काम गरिसकेका बुद्धिमान