कनकाई अनलाईन
रोजगारीको शिलसिलमा खाडी मुलुक साउदी अरब गएका नेपालीहरुको समुह साउदी अरेयिबा भेट्रान क्लवले बिर्तामोडमा फुटबल प्र्रतियोगिता गर्ने भएको छ ।
आगामी कार्तिक २५ गतेदेखि मंसिर १ गतेसम्म बिर्तामोड नगरपालिका २ स्थित वीर अमरसिंह माविको खेल मैदानमा हुने तेस्रो साउदी अरब गोल्ड कपमा नेपालका विभिन्न ८ टिमको सहभागिता रहने आयोजक साउदी अरब भेट्रान क्लवका अध्यक्ष जय राईले आज चारपानेमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख १ हजार १११ र दोस्रो हुने टिमले ५१ हजार १११ रुपैया पाउने छ । प्रतियोगितामा चर्च बोइज काठमाण्डौ, रेडहर्स इलाम, धरान, रेड स्टार बिर्तामोड, आयोजक, जलथल एफसी झापा, दुधौली स्पोटर्स सिन्धुली र एकता स्पोटिङ्ग क्लव चारपानेको सहभागिता रहने आयोजक समितिले जनाएको छ ।
प्रतियोगितामा १० लाख रुपैँया लाग्ने र यसका लागि आधा रकम साउदीमा बस्ने नेपालीले सहयोग गर्ने र वाकी रकम स्थानीय संघसंस्था र सहयोगीहरुबाट संकलन गरिने अध्यक्ष राईले बताउँनुभयो ।
सन २००३ मा देशका विभिन्न स्थानबाट रोजगारीका शिलशिलामा साउदी अरब पुगेका नेपालीहरुको समुहले स्थापना गरेको यस क्लवले नेपाल तथा साउदीमा समेत विभिन्न सामाजिक गतिविधि र खेल प्रतियोगिता गर्दै आएको छ ।
पत्रकार सम्मेलनमा बिर्तामोड नगरपालिका २ का वार्डसदस्य किशोरकुमार पौडयाल, समाजसेवी मदनगोपाल सुब्बा, देवि खरेल, सुर्य लिम्बु, धर्म लक्सम लगायातको आथित्यता रहेको थियो ।
यस अघि साउदी अरेबियामा माउष्ट एभरेष्ट क्लवका नाममा र रियाद ११ बाट फुटबल खेल खेल्दै खेलाउदै आएको यस क्लवलाई झापामा भने साउदी अरब भेट्रान क्लवका नामबाट सामाजिक र खेलकुद गतिविधि गर्दै आएको छ ।
क्लवले प्रदेश नम्बर एक भरीनै विभिन्न गतिविधि गर्ने र यसअघिका दुई संस्करण भने जलथलमा गराएको अध्यक्ष राईले बताउँनुभयो ।