Kanakai Online

कनकाई एमालेमा ६ भाईको दावी


सोमवार, कार्तिक ८, २०७८ |

कनकाई अनलाईन
भोली कार्तिक ९ गते हुने नेकपा एमाले कनकाईको १० औ अधिवेशनमा कनकाई नगरपालिकामा ६ जनाले दावी पेश गरेका छन ।
यसरी दावी गर्नेहरुमा नगर प्रवक्ता समेत रहेका कनकाई ४ का वडाअध्यक्ष गोविन्दप्रसाद पौड्याल, पार्टीका इमान्दार कार्यकर्ता तथा उपमेयर मन्जु प्रसाईका श्रीमान समेत रहनुभएका खडग प्रसाई, पार्टीकै प्रवक्ता समेत रहनुभएका पार्टीका युवा नेता कृष्ण खतिवडा, पार्टीका अर्का जुझारु नेता तथा क्षेत्रिय सदस्य समेत रहेका तुलाराम बस्नेत र केहि समय बामदेव गौतमको नेकपा एकता अभियानका केन्द्रिय सदस्य समेत रहेर पुन ओली क्याम्पमै फकर्नुभएका ओम पाठक समेत रहनुभएको छ ।
यता माओवादी केन्द्रबाट एमाले प्रवेश गर्नेहरुको टिमबाट समेत पुण्य ओझाको समेत दावी रहने बताउनुभएको छ । तर ओली गुटमा माओवादी केन्द्रबाट आउनेहरुलाई दोस्रो दर्जाकै सदस्यता ठानिनेहुदा ओझा भने ब्याक हुने सम्भावता रहेको बताइएको छ । यद्धपि ओझाले कनकाई अनलाईनसग कुरा गर्दै आफुलाई नेकपा हुदाको वार्ड पार्टी अध्यक्ष भएको मान्छेले नेकपा फुटेर तीन टुक्रा हुदापनि अध्यक्ष नदिएको भन्दै अव पार्टीको नगर अध्यक्षमा दावी रहेको बताउँनुभयो ।