कनकाई अनलाईन
केहि दिन अगाडी आएको अविरल वर्षका कारण कृषिमा भएको क्षतिको मुल्याङ्कन गरी बाढिपिडिलाई तत्काल राहतको व्यवस्थापन गर्न माग गर्दै नेपाली काँग्रेसको तर्फवाट कनकाई नगरका नगर प्रमुखलाई ज्ञापन–पत्र बुझाएकोछ ।
वर्षभरी खाने अन्नवालीलाई भित्रयाउने वेलामा लगातार रुपमा आएको पानीले डुबाए पछी सम्पूर्ण अन्न नस्ट हुन पुगेका कारण पिडित किसानहरुलाई राहत दिनु पर्नेमा माग राख्तै उक्त ज्ञापन पत्र बुझाईएको हो । नेपाली कांग्रेसका नगर सभापती दुर्गाप्रसाद प्रसाईले ज्ञापनपत्रमा भएका मागहरु पुरा गर्नको लागि कनकाईनगरले तत्काल लाग्नु पर्नेमा जोड दिदै प्रान गरिएको ज्ञापनपत्र नगर सचिव रेणुप्रसाद कडेलले गर्नु भएको थियो । उपसभापती सुर्य कुमार थापा, सन्तोष रायमाझी, वडा सभापतीहरु मनोज बस्नेत, बुदिमान बोहोरा, ईश्वरी प्रसाद शिवाकोटी, क्षेत्रियप्रतिनिधिहरु लीलाबकहादुर कटुवाल, मनोज कुमार पोखरेल, नारद गिरी, दावा शेर्पा, नगर सदस्य दिपक ओली लगायतको उपस्थितिमा प्रदान गरिएको ज्ञापन–पत्र ग्रहण गर्दै नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले समपूणमा धन्यवाद व्यक्त गर्दै यसरी नेपाली काँग्रेस जस्तो प्रजातान्त्रिक तथा प्रमुख प्रतिपक्षी पार्टीले दिएको यो ज्ञापनपत्रलाई एउटा सुझाव एवम् सचिने अवसरका रुपमा लिने वचन समेत व्यक्त गरे । कनकाई नगरलाई अगाडी बढाउनको लागि नेपाली काँग्रेसको महत्वपूर्ण भुमिका रहने हुनाले आगामी दिनमा सदैव सहकार्य र सामुहिक बहस पछीको निस्कर्षवाट मात्र अगाडी बढ्ने कुराको प्रतिवधता व्यक्त गरेका छन् ।
नेपाली काँग्रेसले कनकाईनगर क्षेत्र भित्रका कृषकहरुको क्षतिको वर्गिकरण गरी विकराल परिस्थितिमा रहेका किसानहरुका लागि तत्काल राहत तथा अन्य सहयोगको आवश्यकतालाई लक्षित गर्दै ६ बँदे माग प्रस्तुत गरेको हो ।