कनकाई अनलाईन
नेपाल खेलकुद महासंघको आयोजना तथा एलपी साँबा परिवारको प्रायोजनमा झापाको शिवसताक्षी नगरपालिका दुधेमा हुन लागिरहेको दिलमाया स्मृति कप फुटबल प्रतियोगिताको सुपर ८ खेल तालिकामा केहि परिवर्तन गरिएको छ ।
देशमा अविरल बर्षाका कारण ठुलो धनजनको क्षति भएको र यसै कुरालाई मध्यनजर गर्दै यहि कार्तिक ८ गतेदेखि हुने दोस्रो चरणका सबै खेलहरु मंसिर १७ गतेसम्मका लागि खेल तालिका परिवर्तन गरिएको प्रतियोगिताको संरक्षक तथा प्रायोजक एवम झापा क्षेत्र नम्बर ४ का माननीय सांसद एलपी साँबा लिम्बुले जानकारी दिनुभयो ।
देश अहिले शोकमा डुबेको छ जनतालाई राहत र शान्तनाको खाचो भएकोले हामीले पनि खेल केहिदिन परसारेर जनताको दुखिरहको घाँउमा मल्हमपट्टीमा जुटेका छौ केहि समयपछि खेल नियमित हुने छ साँबाले भन्नुभयो ।
देशमा भएको प्राकृतिक विपत्तिको साथमा खेल्ने खेल मैदानमा समेत समस्या भएकालेले खेल केहि दिनका लागि सार्नुपरे र आगामी मंसिर १८ गतेदेखि पुन संचालन हुने आयोजक समितिका संयोजक सुनिल भेटवालले बताउँनुभयो । उदघाटनमा संविधान सभा अध्यक्ष सुबास नेम्बाङ, नेपाल खेलकुद महासंघका केन्द्रिय अध्यक्ष रमेश पौडेल लगायातको आथित्यता रहने र विविध सास्कृतिक झाँकीको समेत प्रस्तुती रहने भव्य तयारी गरिएकोमा अन्तिममा विपतका कारण खेल स्थगित गर्नुपरेको भेटवालले बताउँनुभयो ।
झापा क्षेत्र नम्बर ४ भरका २८ वार्डका टिमबाट पहिलो चरणको छनौट पार गरि आउने ८ टिमहरुको प्रतिस्पर्धा दुधे रङ्गशालामा हुने खेल व्यावस्थापन समितिका संयोजक गजेन्द्र ताम्लीले बताउँनुभयो ।