कनकाई नगरपालिकाद्धारा आयोजित पहिलो खेलनै असफल


कनकाई अनलाईन
हरेक खेलमा झगडा भएपछि कनकाई नगर खेलकुद विकास समितिको आयोजनामा पहिलो पटक हुन लागेको वार्डस्तरीय फुटबल समेत स्थगित भएको छ ।
यसअघि यहाँस्थित कनकाई खेलकुद प्रतिष्ठानद्धारा यो प्रतियोगिता गर्दै आएकोमा यस पटक भने नगर खेलकुद विकास समितिले आयोजना गर्ने निर्णय गरेको थियो । खेलका लागि विभिन्न उपसमिति समेत बनाएको थियो । तर खेल भनेजस्तो भएन हरेक दिनमा झगडा हुनथालेपछि प्रतियोगिता फाइनल खेल आजसम्म हुन सकेको छैन प्रतियोगिता हुने नहुने अझै निश्चित बनेको छैन ।

यहि असोज १७ गते उदघाटन भई २५ गते समापन हुने गरी संचालन भएको प्रतियोगिता विभिन्न प्राविधिक समस्याका कारण स्थगीत गर्नु परेको भन्दै कनकाई नगर खेलकुद विकास समितिका अध्यक्ष रविन्द्र लम्सालले दुःख व्यक्त गर्नुभएको छ । सेमीफाइनलका दुई खेलमा ठुलो झगडा भएपछि अन्तिम अर्को सुचना जारी नहुन्जेल सम्मकालागि खेल स्थगित भएको भनिएपनि पुन खेल हुने नहुनेमा निश्चित छैन ।

समितिको आइतवार बसेको आकस्मीक बैठकले वडास्तरीय फुटवल प्रतियोगिता स्थगीत गरिएको खेल संयोजक गोविन्द उप्रेतीले जानकारी दिनुभयो । नगरपालिकाले पहिलो पटक गरेको प्रतियोगितानै विवादमा तानिएपछि यस क्षेत्रका खेल प्रेमीहरुले चिन्ता व्यक्त गरेका छन । आवश्यक स्वयम सेवकको व्यावस्थ ागर्न नसक्दा खेल नै स्थगित गर्नु परेको जानकारहरुको भनाई छ ।
फोटो ः कनकाई ५ र १ विच भएको खेलमा विवाद भएको दृश्य फोटो ः कनकाई अनलाईन


सम्बन्धित शीर्षकहरु

झापा,कार्तिक १०- राष्टिय जनगणना २०७८ को दोस्रो चरणको मुख्य जनगणनाको लागि कनकाई नगरपालिका र झापा गाउँपालिकाका लागी छनोट भएका गणकहरुको…

कनकाई अनलाईन ताप्लेजुङ जिल्लाको विकट गाउपालिका सिदिंङवाको वडा नम्बर २ मा गाउपालिका कै पहिलो वडा स्तरीय बाल क्लब शैशव मञ्च…

कनकाई अनलाईन१० कात्तिक, काठमाडौं । वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतको प्रस्तावमाथि आज मतदान हुँदै छ । त्यसका लागि…

प्रतिकृयाहरू