मुगुमा आज बस दुर्घटना २४ को मृत्यु, १८ जना घाइते


कनकाई अनलाईन
नेपालगञ्ज, असोज २६ गते । मुगुमा बस दुर्घटना हुँदा २४ जनाको मृत्यु भएको छ । मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले यात्रुवाहक बस दुर्घटना हुँदा अहिलेसम्म २४ जनाको मृत्यु भएको जानकारी दिनुभयो । मृत्तकको सङ्ख्या अझै बढ्न सक्ने उहाँले बताउनुभयो ।

त्यस्तै १८ जना गम्भीर घाइते भएका छन् । घाइतेमध्ये १४ जनालाई उपचारको लागि हेलिकप्टरद्वारा नेपालगञ्ज पठाइएको प्रजिअ महतले बताउनुभयो । नेपालगञ्जबाट मुगुको सदरमुकाम गमगढी जाँदै गरेको भे१ख ३१६७ नम्बरको बस छायाँनाथ रारा नगरपालिका–७, पिना झ्यारीखोलामा मंगलबार दिउँसो २ बजे दुर्घटना भएको हो ।

अहिले प्रहरी टोली र स्थानीयहरुको सहयोगमा उद्धार भइरहेको उहाँले बताउनुभयो । घटनाबारे पूर्ण विवरण आइसकेको छैन ।


सम्बन्धित शीर्षकहरु

झापा,कार्तिक १०- राष्टिय जनगणना २०७८ को दोस्रो चरणको मुख्य जनगणनाको लागि कनकाई नगरपालिका र झापा गाउँपालिकाका लागी छनोट भएका गणकहरुको…

कनकाई अनलाईन ताप्लेजुङ जिल्लाको विकट गाउपालिका सिदिंङवाको वडा नम्बर २ मा गाउपालिका कै पहिलो वडा स्तरीय बाल क्लब शैशव मञ्च…

कनकाई अनलाईन१० कात्तिक, काठमाडौं । वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतको प्रस्तावमाथि आज मतदान हुँदै छ । त्यसका लागि…

प्रतिकृयाहरू