भूमिहीनलाई चुनाव अगाडि लालपूर्जा दिन्छौं प्रचण्ड


कनकाई अनलाईन
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भूमिहीन सुकुम्बासीहरुलाई चुनाव अगाडि लालपूर्जा वितरण गर्ने दाबी गरेका छन् ।

नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको मुख्य प्रशासनिक भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भूमि आयोग बनेको र आफ्नो दलले भूमि व्यवस्था मन्त्रालय लिएको बताए । उनले अघि भने, ‘हेर्नुहोला, चुनाव अगाडि लालपूर्जा वितरण गर्छौं ।’

ओली सरकारले बनाएको भूमि आयोग विघटन गरेर देउवा सरकारले नयाँ आयोग बनाएको छ । माओवादी केन्द्रको भागमा परेको भूमि व्यवस्था मन्त्रालयमा शशी श्रेष्ठ मन्त्री बनेकी छन् ।

कार्यक्रममा प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राजनीतिबाटै बाहिर पुर्‍याउने चेतावनी समेत दिएका छन् । आगोसँग खेलेका कारण बालुवाटारबाट बाटकोट पुगेको र प्रदेश सरकारहरु पनि गुमाएको भन्दै उनले भने, ‘२र४ दिनमा बाग्मती र १ नम्बर प्रदेशबाट पनि जानेछ ।’

उनले सत्तारुढ गठबन्धनमा फाटो ल्याउने प्रयास अब असफल भएको दाबी समेत गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

झापा,कार्तिक १०- राष्टिय जनगणना २०७८ को दोस्रो चरणको मुख्य जनगणनाको लागि कनकाई नगरपालिका र झापा गाउँपालिकाका लागी छनोट भएका गणकहरुको…

कनकाई अनलाईन ताप्लेजुङ जिल्लाको विकट गाउपालिका सिदिंङवाको वडा नम्बर २ मा गाउपालिका कै पहिलो वडा स्तरीय बाल क्लब शैशव मञ्च…

कनकाई अनलाईन१० कात्तिक, काठमाडौं । वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतको प्रस्तावमाथि आज मतदान हुँदै छ । त्यसका लागि…

प्रतिकृयाहरू