Kanakai Online

भारत बलियो टिम हो, तर हामी डराउँदैनौ प्रशिक्षक अलमुताइरी भोलि नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै


शनिवार, असोज २३, २०७८ |

कनकाई अनलाईन
२३ असोज, काठमाडौं । माल्दिभ्समा भइरहेको साफ च्याम्पियनसिप २०२१ अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले आइतबार भारतसंग प्रतिस्पर्धा गर्दैछ ।

शनिबार भएको प्रि म्याच कन्फ्रेन्समा नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भारत बलियो टिम भएको र खेल कठिन हुने बताए । ‘भारत बलियो टिम हो तर यसको अर्थ हामी फाइट गर्दैनौं भन्ने होइन । भारतलाई हामी सम्मान गर्छौ। हामी भारतविरुद्ध फाइट पनि गर्छौँ’ उनले भने ।

नेपाल भारतबीचको खेल मालेस्थित नेशनल रंगशालामा नेपाली समय अनुसार खेल राति ९स्४५ बजे सुरु हुनेछ । भारतले सर्वाधिक ७ पटक साफको उपाधि जितिसकेको छ ।

तर ५ राष्ट्र सहभागी यस संस्करणको साफमा भने भारत सुरुवाती दुवै खेलमा बराबरीमा रोकिएको थियो ।

नेपालले भने दुव‌ खेल जितेर ६ अंकसहित शीर्ष स्थानमा छ । भारतविरुद्ध जीत निकाल्न सकेमा नेपाल एक खेलअघि नै फाइनल पुग्नेछ ।

यस्तै अलमुताइरीले नेपाल अहिले नै फाइनल नपुगेको भन्दै समर्थकलाई संयमित रहन पनि आग्रह गरेका छन् ।

नेपालका कप्तान किरण कुमार चेम्जोङले भारत विरुद्धको खेल महत्वपूर्ण रहेको भन्दै हरेक पाइला सोच विचार गरेर चाल्नुपर्ने बताए ।

यस्तै भारतका प्रशिक्षक इगोर स्टिमेकले भारतको लक्ष्य साफ जित्नु नै रहेकोले मानसिकतामा परिवर्तन नभएको बताए । साथै उनले नेपालले राम्रो खेलिरहेको भन्दै ६ अंकका लागि लायक रहेको समेत बताए ।

पहिलो खेलमा माल्दिभ्सलाई १(० ले हराएको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ३(२ ले हराएको थियो । भारत भने पहिलो खेलमा बंगलादेशसँग १(१ र दोस्रो खेलमा श्रीलंकासँग गोलरहित बराबरी खेलेको थियो ।

नेपाल २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा छ । बंगलादेश २ खेलबाट ४ अंकसहित दोस्रो स्थानमा छ । भारत २ खेलबाट २ अंकसहित चौथो स्थानमा छ ।

आइतबारै घरेलु टोली माल्दिभ्सले श्रीलंकासंग खेल्नेछ ।