देउवाका दुःख : पहिले ६४, अहिले १९


काठमाडौँ,२२ असोज  । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । सरकार गठनको ८८औँ दिनमा उनले मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।

गत २८ असारमा प्रधानमन्त्री बनेका देउवाले ८८औँ दिनमा मन्त्रिपरिषदुलाई पूर्णता दिँदा विवादरहित बन्न सकेनन् ।

२०७४ सालमा जम्बो मन्त्रिपरिषद् गठन गरेको भन्दै विवादमा परेका देउवा अहिले गैरसांसद गजेन्द्रबहादुर हमाललाई मन्त्री बनाएकोमा आलोचित भएका छन् ।

नाताले जेठान पर्ने भनिएका गैरसांसद हमाललाई मन्त्री बनाएको भन्दै प्रधानमन्त्री देउवाको आलोचना भइरहेको छ ।

२४ जेठ २०७४ मा गठन भएको र अन्तिम पटक ३१ असोज २०७४ मा पुनर्गठन गरिएको मन्त्रिपरिषद्लाई तत्कालीन प्रधानमन्त्री देउवाले ६४ सदस्यीय बनाएर विवादमा परेका थिए ।

शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्दा गैरसांसद हमाललाई मन्त्री बनाएका देउवाले मन्त्रीको सूचीमा उनलाई १९औँ नम्बरमा राखेका छन् ।न्युज कारखाना


सम्बन्धित शीर्षकहरु

झापा,कार्तिक १०- राष्टिय जनगणना २०७८ को दोस्रो चरणको मुख्य जनगणनाको लागि कनकाई नगरपालिका र झापा गाउँपालिकाका लागी छनोट भएका गणकहरुको…

कनकाई अनलाईन ताप्लेजुङ जिल्लाको विकट गाउपालिका सिदिंङवाको वडा नम्बर २ मा गाउपालिका कै पहिलो वडा स्तरीय बाल क्लब शैशव मञ्च…

कनकाई अनलाईन१० कात्तिक, काठमाडौं । वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतको प्रस्तावमाथि आज मतदान हुँदै छ । त्यसका लागि…

प्रतिकृयाहरू