काेभिड : ‘रातो सूची’बाट नेपाललाई हटायाे बेलायतले


काठमाडौं / बेलायतले नेपाललाई यात्रा प्रतिबन्धको रातो सूची अर्थात् रेड लिस्टबाट हटाएको छ । कोरोना भाइरसको महामारीका कारण बेलायतले नेपालसहित विभिन्न मुलुकका नागरिकलाई आफ्नो (बेलायत) यात्रामा कडा नियम लागू गरेकाे थियाे ।

नेपालमा कोरोना संक्रमण घटनुका साथै खोपको उपलब्धता बढ्न थालेपछि बेलायत सरकारले आगामीसोमबारबाट लागू हुने गरी रातो सूचीबाट हटाएको हो ।
अब बेलायत जाने विद्यार्थी तथा अन्य यात्रुले क्वारेन्टाइनका नाममा ठूलो धनराशी खर्चनु पर्दैन ।

नेपालका लागि ब्रिटिश राजदूतले पनि नेपाल रातोसूचीबाट हटेको जानकारी सामाजिक सञ्जालमा उल्लेख गरेकी छन् । अब पानामा, कोलम्बिया, भेनेजुएला, पेरु, इक्वेडर, हेइटी र डोमिनिक रिपब्लिकसहित सातवटा देश मात्र रातो सूचीमा छन् ।


सम्बन्धित शीर्षकहरु

झापा,कार्तिक १०- राष्टिय जनगणना २०७८ को दोस्रो चरणको मुख्य जनगणनाको लागि कनकाई नगरपालिका र झापा गाउँपालिकाका लागी छनोट भएका गणकहरुको…

कनकाई अनलाईन ताप्लेजुङ जिल्लाको विकट गाउपालिका सिदिंङवाको वडा नम्बर २ मा गाउपालिका कै पहिलो वडा स्तरीय बाल क्लब शैशव मञ्च…

कनकाई अनलाईन१० कात्तिक, काठमाडौं । वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतको प्रस्तावमाथि आज मतदान हुँदै छ । त्यसका लागि…

प्रतिकृयाहरू