सुरेश आले “सर्जु”
झापा,असोज २० / बिर्तामोड नगरपालिका वडा न.9 बद्रीबारी टोलका एक कृषक बृहस्पति सेढाईले यस वर्ष तोरीको साग बिक्रि गरेर दशै खर्चको जोहो गर्ने विचार गरेका छन् l उनले भदौ अन्तिम साता तोरीको बिउ छरेर उमारेको तोरीको साग अहिले धमाधम बजारमा बिक्रि गर्दैछन् l तरकारी खेती गर्नकै लागि भनेर उनले 3 कठ्ठा जमिनमा धान खेती नलगाई तरकारीको लागि छुट्टयाएका थिए l यस भन्दा अघि बर्षे भिण्डी खेती गरेको त्यो जमिनमा त्यो बाली पछि भदौ अन्तिममा उनले तोरी बाली लगाएका हुन् l पानीले थोर थोरै असर गरेपनि उनको तोरीको सागले अहिले राम्रो आम्दानी गरिरहेको पाईन्छ l
बर्षे भिण्डी बाट पनि उनले राम्रै आम्दानी गरेका थिए l छोटो समयमा तोरीको सागले राम्रो फाईदा दिने हुनाले उनले तोरीको साग उमार्ने विचार गरेका हुन् l खासै मेहनत गर्नु नपर्ने र छोटो समयमा लगभग बिउ छरेको एक महिनामा नै तोरीको सागले उत्पादन दिन शुरु गर्छ l अन्य तरकारी बाली कम्तीमा पनि तिन महिना उत्पादन लिन कुर्नु पर्ने हुन्छ l पुल्ली वालाले तोरीको साग उमार्न बिक्री गर्न खासै पहल गर्दैनन् र बाहिर बाट आयात गर्न पनि तोरीको साग कुहिने संभावना हुन्छ यसै हुनाले स्थानिय कृषकले उमारेको तोरीको सागको माग बजारमा दिन प्रतिदिन बढ्दै गाएको छ l त्यै कारण unle तोरीको साग उमार्ने निर्णय गरे र भदौ अन्तिम सातामा उनले छरेको तोरी साग सागको रुपमा अहिले आम्दानी गर्न लागेको छ l दशै अगाडी तोरीको साग बजारमा पुरयाउन सके राम्रो भाउ पाउछ त्यस पछि भने क्रमश : यसको मूल्यमा गिरावट आउदै जान्छ उनले भने l
यो समय तराई लगायत पहाडमा धान खेती हुर्कीरहेको छ l तरकारी लगाउने खासै जमिन छैन l बाझो र धान खेती नहुने डाडा जमिनमा मात्र तरकारी उत्पादन हुने हुदा अगौटे तरकारीको उत्पादनमा कमी भएकोले बजारमा तरकारीको अभाब छ l उपभोक्ताहरु दोब्बर मूल्य तिरेर तरकारी खरिद गर्न बाध्य छन् l बृहस्पतिले अगौटे तरकारी खेती गर्न भनि छुट्टयाएको 3 कठ्ठा जमिन मध्ये 11/2 (डेढ) कठ्ठा जमिनमा तोरीको साग उत्पादन गरेको सुनाए l यस्तो समयमा हरियो सागको मूल्य आकासिनु स्वभाबिकै पनि हो l त्यै भएर तोरीको सागलाई अगाडी नै बजारमा निकाल्न सकियो भने राम्रो भाउ पाईन्छ बृहस्पतिले भने l
उनले शुरुमा तोरीको साग जरा काटेको 100 रुपिया पावा र जरा नकाटी 70 रुपिया मुठा सम्म पनि बिक्री गरेको सुनाए l उनी आफ्नो बारीमा उत्पादन गरेको साग साइकलमा राखेर l बिर्तामोड बजारमा बिक्रि गर्न उनी लान्छन् l दिनमा 4 देखि 5 हजार सम्मको तोरीको साग अहिले बिक्री गरिरहेको उनको भनाई छ l तोरीको सागलाई कलिलैमा बजारमा बिक्रि गर्नु पर्छ छिप्पिए पछि बिक्रि हुदैन त्यै हुनाले उनले दैनिक साग एक मुष्ठ बिर्तामोडका ब्यापारीहरुलाई लगेर दिने गर्छन् l आफु जस्तै अरु हरु 2- 4 जना पनि त्यसरी तोरीको साग बिक्रि गर्न लैजाने उनले सुनाए l दैनिक तोरीको साग बिहानै टिपेर बजार लैजादा यसको हरियो गुण नष्ट नहुने र उपभोक्ताहरुले रुचाउने उनको भनाई छ l यसलाई छिप्पिनु दिनु कदापी हुदैन त्यै भएर पनि उनको सागलाई ब्यापारीहरुले चाडै रुचाउने उनले सुनाए र हास्दै उनले भने यै साग बेचेर दशै खर्च जोहो गर्ने यस वर्ष तयारीमा छु l