Kanakai Online

प्रदेश-१ पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि झापा गाउँपालिकालाई


बुधवार, असोज २०, २०७८ |

झापा,असोज २० ।झापाको दमक नगरपालिकामा सञ्चालित प्रथम वडाध्यक्ष कप प्रदेश न.१ पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि झापा गाउँपालिकाले हात पारेको छ ।झापा गाउँपालिका र राम प्रसाद राई गाउँपालिका भोजपुर बिच भएको प्रतिस्पर्धामा ३-०  को सोझो सेटमा भोजपुरको टिमलाई हराउँदै झापा गाउँपालिकाको टिमले उपाधि रक्षा गरेको हो ।

दमक नगरपालिका उप-खेलकुद समिति वार्ड नम्वर-३ को आयोजनामा सञ्चालित प्रथम वडाध्यक्ष कप प्रदेश न.१ पालिका स्तरीय पुरुष भलिबल प्रतियोगितामा विजेता बनेको झापा गाउँपालिकाको टिमले नगद १ लाख, प्रमाणपत्र र मेडल पाएको छ । त्यसैगरी उपविजेता बनेको भोजपुरले  नगद ५०  हजार, प्रमााणपत्र र मेडलमा चित्त  बुझाएको छ ।

गत असोज १८ गते देखि जारी प्रतियोगिताको समापन कार्यक्रमका प्रमुख अतिथी दमक नगरपालिकाका प्रमुख रोम ओलीले  विजेता र उप-विजेतालाई पुरस्कार प्रदान गरेका थिए ।

सम्बन्धित खबर