कनकाई अनलाईन
कनकाई नगरपालिका १ जामुनवारी निवासी धार्मिक गुरु छविरमण अधिकारीको आज कोरोनाका कारण मृत्यु भएको छ ।
४२ बर्षिय अधिकारी राष्ट्रिय अन्तराष्ट्रिय रुपमा समेत चर्चित रहेका छविरमणको आज ५ बजे मेची प्रादेशिक अस्पताल भद्रपुरमा निधन भएको हो ।
हिजो शनिवार समेत कनकाई नगरपालिकाका युवा व्यावसायी जंग घतानीको कोरोनाको कारण कोभिड अस्पताल बिराटनगरमा निधन भएको थियो ।
कनकाई नगरपालिकामा कोरोनो संक्रमितको सङ्ख्या नवढेपनि मृत्यु हुनेको सङ्ख्या भने अत्याधिक भएको छ । यद्यपि हिजो शनिवार र आज आइतवार कोरोनाका कारण मृत्यु हुने दुबैको नाम भने झापा गाउँपालिकामा रहेको कनकाईका कोरोना फोनल पर्सन नारायण अधिकारीले बताउँनुभयो । उद्यपि दुबैजना बिसौ बर्षदेखि सुरुङ्गामा बसोवास गर्दै आउनुभएको छ । उनीहरुको बसाई सराई भने नल्याएको कारण रेकर्डमा भने झापा गाउँपालिका राखिएको छ ।