कनकाई अनलाईन
विवेकशील साझा पार्टीको दमक नगरपालिका वडा नम्बर ८ को वार्ड कमिटी गठन भएको छ ।
मदन कुमार पाठकको संयोजकत्वमा ९ सदस्य कमिटि घोषणा गरिएको हो ।
सदस्यहरुमा वेद नाथ न्यौपाने, राजिब शर्मा, नारायण खड्का रहेका छन् भने बाँकी पदाधिकारीहरु थप गर्दै चाडै कमिटिले पुर्ण पाउने अध्यक्ष पाठकले बताउनु भएको छ ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य भिम प्रसाद अधिकारीले पार्टी निमार्णको उदेश्य, पार्टीले अंगालेको सिद्धान्त बारेमा भनाईहरु राख्नु भएको थियो । कार्यक्रममा झापा जिल्ला संयोजक मेदनी प्रसाई, सह संयोजक जय विमली, सचिब केदार चापागाँई, प्रदेश एक युवा संयोजक प्रसान्त ढकाल, प्रदेश सदस्य घनेन्द्र खनाल, दमक नगर संयोजक रेवत चन्द्र भण्डारी, कन्काई नगर सह सचिब विन्दु दाहाल, सदस्य खड्ग चुडाल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नव घोषित बडा संयोजक मदन पाठकले सबैको सल्लाहमा पार्टीलाई विस्तार गरी जनतासामु पुर्याउने प्रतिवद्धता व्यतm गर्नु भएको छ ।