Kanakai Online

कोटीहोममा बस्ने बृद्ध साधुसन्तको लियो क्लवद्धारा स्वास्थ्य जाँच


शनिवार, असोज १६, २०७८ |

कनकाई अनलाईन
झापाको कोटीहोम धार्मिक क्षेत्रभित्र बसोवास गर्ने साधुसन्तहरुको लियो क्लव अफ कनकाई सुरुङ्गाले निशुल्क स्वास्थ्य जाँच गरि औषधि समेत वितरण गरेको छ ।


न्युरो फार्मेसी सुुरुङ्गाको प्राविधिक सहयोग रहेको उक्त स्वास्थ्य शिविरमा यस क्षेत्रका साधुसन्तहरुको डाक्टर मनिस तिम्सिना, स्वास्थ्यकर्मी तथा लियो क्लवका सरोज ठाकुर लगायातको स्वास्थ्य टोलीले साधुसन्तहरुको मुटुको इसिजि, रगत, लगायात सबै प्रकारको चेकजाँच गरि औषधि समेत वितरण गरिएको लियो क्लव अफ कनकाई सुरुङ्गाका सचिव अनुप भण्डारीले बताउँनुभयो ।

स्वास्थ्य शिविरमा यस क्षेत्रका ४० जना साधुसन्तको स्वास्थ्य जाँच गरिनुको साथै औषधि समेत वितरण गरिएको थियो ।
स्वास्थ्य शिविर अघि संचालन भएको कार्यक्रम लियो क्लवका अध्यक्ष योगेश बस्नेतको सभापतित्व, लायन्स क्लव अफ कनकाई सुरुङ्गाका संस्थापक अध्यक्ष लीला चिमरियाको प्रमुख आतिथ्यता तथा लियो क्लवका सचिव अनुप भण्डारीको संचालनमा कार्यक्रम भएको थियो । लामो समयदेखि परिवारदेखि टाडिएर बस्नुहुने बृद्ध मातापिताको स्वास्थ्यलाई मध्यनजर गरि स्वास्थ्य शिविरको आयोजना गरिएको कार्यक्रम संयोजक सरोज ठाकुरले बताउँनुभयो । स्वास्थ कार्यक्रममा लायन्स क्लव कनकाई सुरुङ्गाका अध्यक्ष साजन थापा, लियो क्लव अफ कनकाई सुरुङ्गाका अध्यक्ष पंकज खडका लगायातको आतिथ्यता रहेको थियो ।

सम्बन्धित खबर