कनकाई अनलाईन
नेकपा९ माओबादि केन्द्र बिर्तामोड नगर कमिटि को बिस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बैठक को अध्यक्षता नगर सचिब मोहन सुब्बा ले गर्नुभएको थियो भने प्रमुख अतिथि पार्टि का प्रदेश इन्चार्ज एबम संघिय सांसद राम कार्की पार्थ क्षेत्रीले गर्नुभएको थियो ।कार्यक्रम मा बोल्दै प्रमुख अतिथि कार्की ले गणतन्त्र , धर्म निरपेक्षता , समाबेशि समानुपातिक प्रणाली र संघियता लगायत पछिल्ला उपलब्धि माथि निरन्तर आक्रमण भैरहेको ले माओबादी को औचित्य थप आवश्यक भएको जनाउनु भयो ।
आफुले झापा बिद्रोह का योद्दा सानो दुर्गा अधिकारी को घर बनाइदिन पहल गर्दा एमाले आफु सङ्ग बेस्सरी रिसाएको स्मरण गर्दै अर्का लोकतन्त्र का सेनानि मैया लम्साल को घर बनाउदा एमाले का वडा अध्यक्ष ले सिफारिस नै नदिएको ले राम्रो काम मात्र गर्ने हो भने एमाले आफै खिइदै जाने बिचार ब्यक्त गर्नुभएको बैठक मा सहभागी जिल्ला का युबा नेता युबराज दाहाल ले जानकारी दिनुभयो।साथै केपि ओलि ले अभुतपुर्ब रुपमा साथ पाएका झलनाथ खनाल र माधब नेपाल जस्ता सहयात्री गुमाएकोले उनि कमजोर भैसकेको र अब उठ्ने सम्भावना नरहेको बताउनुभयो। कार्यक्रम मा प्रदेश सांसद एबम झापा जिल्ला सह इन्चार्ज झलक सिंह दर्लामि सन्देश , जिल्ला समन्वय समिति संयोजक मणिकुमार साम्पाङ्ग बिजयु , पार्टि का प्रदेश कमिटि सदस्य हरु लक्ष्मि न्यौपाने सरु, सिपि कडरिया लगायत ले प्रशिक्षण मन्तब्य दिएका थिए।
बिषयगत प्रशिक्षण अन्तर्गत निर्बाचन सम्बन्धि बिषयमा प्रदेश कमिटि सदस्य सिपि कडरिया ले, बैठक संचालन र माइन्युट लेखन सम्बन्धि बिषयमा नगर इन्चार्ज युबराज दाहाल ले प्रशिक्षण दिनुभएको थियो भने समसामयिक राजनिति र आगामी कार्यदिशा सम्बन्धि प्रशिक्षण प्रमुख वक्ता राम कार्की ले दिनुभएको थियो।त्यस्तै पार्टि को तात्कालिन परिस्थिति र राष्ट्रीय राजनीति को बिषयमा नेता हरु बिजय साम्पाङ्ग, झलक सिंह दर्लामी , लक्ष्मी न्यौपाने लगायत ले राजनीतिक बैचारिक प्रशिक्षण दिनुभएको थियो१ कार्यक्रम को संचालन नगर का नेता जेबि जबेगु ले गर्नुभएको थियो .