Kanakai Online

निगुरो खोज्न गएकी महिलालाई हात्तीले सुढले बेरेर लग्यो, आक्रमणमा परि मृत्यु


बिहिवार, असोज १४, २०७८ |

कनकाई अनलाईन
जंगलका तरकारीका लागि निगुरो खोज्न गएकी एक महिलाको भद्रपुर नगरपालिका १० मा पर्ने चारआली जंगलमा एक महिलाको मृत्यु भएको छ ।
बिर्तामोड नगरपालिका ८ बस्ने ५० बर्षिय लतुमाई मर्डीको बिहिवार विहान निगुरो टिप्न भद्रपुर नगरपालिका १० चारआली जंगलमा निगुरो टिप्न जादा जंगली हात्तीले सुढले चेपेर चन्द्रगढी सामुदायिक वन समुहतर्फ लगेर गएको मृतकका श्रीमान सुकलाल मर्डीले बताउँनुभयो । मर्डीले श्रीमतीलाई हात्तीले सढले चेपेर जंगलमा लगेको प्रहरीलाई खबर गरेपछि सेना, प्रहरीको ६० जनाको टोली र र स्थानीयले उहाँको खोजी गर्दा दिउसो ४ बजे स्थानीय सेती खोलाको पैनीमा मृत अवस्थामा मर्डी फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता राकेश थापाले बताउँनुभयो । हात्तीले लखेटेपछि श्रीमान सुकलाल भने भागेर ज्यान बचाउन सफल हुनुभएको थियो । उहाँले गाउँमा आई होहल्ला गरेपछि सेना प्रहरी र स्थानीय मर्डीको खोजीमा जंगलमा पसेका थिए । मर्डी दम्पत्ती लामो समयदेखि चारआली जंगलमा निगुरो खोजेर विक्रि गरि आफ्नो जिविका चलाउदै आएका थिए ।
यस चारआली जंगल क्षेत्रमा ठुलो सङ्ख्यामा स्थानीयहरु तरकारीका रुपमा प्रयोग हुने निगुरो टिपेर विक्री गरि घरखर्च चलाउदै आएका छन ।

सम्बन्धित खबर