कनकाई अनलाईन
फुटबलको हव मानिने झापाको क्षेत्र नम्बर ४ मा भोलीदेखि दिलमाया स्मृति कप वार्डस्तरीय फुटबल प्रतियोगिता हुने भएको छ ।
नेपाल खेलकुद महासंघको आयोजनामा यस क्षेत्रका माननीय सांसद एलपी साँबा लिम्बुको ममतामयी माताको स्मृतिमा हुने यस प्रतियोगितामा झापा क्षेत्र नम्बर ४ का २८ वार्डका खेलाडीले सहभागिता जनाउने आयोजक नेपाल खेलकुद महासंघका संयोजक सुनिल भेटवालले बताउँनुभयो ।हालसम्ममै वार्डस्तरमा हुने ठुलो धनराशीको दावी गरिएको यस प्रतियोगिताका लागि
झापा क्षेत्र नम्बर ४ का कनकाई नगरपालिका, झापा गाउँपालिका, शिवसताक्षी नगरपालिका र गौरीगंजका केहि वार्डहरुमा फरकफरक स्थानमा छनौट खेल हुने र उत्कृष्ठ ८ टिमको फाइनल खेल आगामी कार्तिक १२ गतेदेखि दुधेमा हुने सुनिल भेटवालले बताउँनुभयो ।
प्रतियोगितामा प्रथम हुने टिमले २ लाख २५ हजार र दोस्रो हुने टिमले १ लाख २५ हजार रुपैँया पाउने छन । उत्कृष्ट ८ मा पर्ने टिमले समेत नगद पाउनेछन भने सबै विधाका विधागत खेलाडीले समेत नगद र ट्रफि पाउनेछन ।
कार्यक्रममा बोल्दै प्रतियोगिताका संरक्षक तथा यस क्षेत्रका सांसद एलपी साँबा लिम्बुले आफ्नी माताको नाममा केहि न केहि खेल क्षेत्रका लागि योगदान गरौ भनेर प्रतियोगिताको आयोजना गरिएको बताउँनुभयो ।
प्रतियोगिता आयोजनाका लागि जम्मा १६ लाख ७० हजार ५ सय रुपैँया लाग्ने र यस खर्चको व्यावस्थापन साँबा परिवारले व्यावस्था गरेको समेत पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।