कनकाई अनलाईन
नेपाली कांग्रेसको आज सम्पन्न कनकाई नगरको निर्वाचनमा दुर्गा प्रसाई प्यानलै अत्याधि मतका साथ बिजयी भएको छ । कनकाई उद्योग बाणिज्य संघको हलमा भएको निर्वाचन र मतगणनामा दुर्गा प्रसाई प्यानललै अत्याधिक मतका साथ बिजयी हुदा अर्का उम्मेद्धार प्रल्लाद घिमिरेको प्यानलले झिनो मत मात्रै पाउन सफल भयो ।
कनकाईमा जम्मा १ सय ८३ मत खसेकोमा कनकाई नगरपालिका सभापतिमा बिजयी उम्मेद्धार दुर्गा प्रसाईले अत्याधिक १ सय २९ मत पाए उनका प्रतिद्धन्द्धी प्रल्लाद घिमिरेले ५० मत मात्रै ल्याउन सफल भए । उपसभापतिमा समेत प्रसाई प्यानलकै सन्तोस कुमार रायमाझिले १४२ मत र सुर्य थापाले ११७ मत ल्याएर बिजयी हुनुभयो । उपसभापतिमा घिमिरे प्यानलका नविन बस्नेतले ४९ र तेजबहादुर गिरीले ३४ मत मात्रै ल्याउनुभयो । सचिव पदमा समेत प्रसाई प्यानलकै रेणुप्रसाद कडेँलले १२३ र दिपक खतिवडाले १०५ मतका साथ बिजयी हुनुभयो । घिमिरे प्यानलका सचिव पदका उम्मेद्धार अर्जुन बोहोराले ७३ र हरि फुयाँलले ४६ मत मात्रै ल्याउनुभयो । सहसचिवमा समेत दुर्गा प्यानलका उदित दाहाल १३७ मत र धर्म राजवंशी ११२५ मतका साथ बिजयी हुदा घिमिरे प्यानलका डम्बर घिमिरेले ६३ मत ल्याउनुभयो । कनकाई नगरमा यसपटक पदाधिकारीमा सबैजना युवा नेतृत्व स्थापित हुनुभएको छ । बिजयी बनेसगै कनकाईअनलाईनसग कुरा गर्दै सभापति दुर्गा प्रसाईले अव आफ्नो कार्यकालमा कांग्रेस नगर समितिको आफ्नै कार्यालय भवन बनाउने , पार्टीलाई थप मजबुद बनाउदै आउन लागेका सबै तीनै तहको निर्वाचनमा पार्टीका आधिकारीक उम्मेद्धारलाई अत्याधिक बहुमतका साथ बिजय बनाउन पार्टीका सबै कमिटीलाई शसक्त परिचालन गर्ने बताउँनुभयो ।