सीताराम बराल
जाउलाखेलबाट एउटा गाडी पुल्चोक–कुपण्डोल हुँदै थापाथलीतर्फ जाँदै थियो। गति यति बेगवान् र अनियन्त्रित थियो कि दुर्घटना हुनसक्ने डरले हरिहरभवन र कुपण्डोलमा खटिएका ट्राफिक प्रहरीले त्यो गाडी नियन्त्रणमा लिन थापाथलीमा रहेका आफ्ना सहकर्मीलाई खबर गरे।
२८ जेठ ९२०७५० दिउँसो सञ्चार सेटमार्फत त्यस्तो जानकारी प्राप्त गरेपछि थापाथलीका ट्राफिक प्रहरी सतर्क भए। नभन्दै केही सेकेण्डमै अनियन्त्रित गतिको त्यो गाडी आइपुग्यो। ट्राफिक प्रहरी सुष्मा चौधरी अघि बढेर गाडी रोक्न भनिन्स उनलाई झन्डै किचेको१
‘किन रोकेको
गाडी चालकले उल्टै चौधरीलाई हप्काए। चौधरीले ब्लुबुक र लाइसेन्स मागिन्स गाडीको नम्बरमा हिलो लागेको जानकारी गराइन् र गतिको नियम मिचेको बताउँदै चिट काट्न थालिन्। चिट बुझेपछि गाडी चालक ‘ब्लुबुक मेरै घरमा पुर्याउन आइज’ भन्दै उसैगरी हुइँकिए।
ती चालक थिए– पूर्वयुवराज पारस शाह। उनै पारस शुक्रबार ९१५ साउन० साँझ हेलमेट नलगाई मोटरसाइकल चलाएपछि महाराजगन्ज चोकमा प्रहरीको नियन्त्रणमा परे। ट्राफिक नियम उल्लंघन गर्दा सर्वसाधारणलाई दण्ड–जरिवाना गर्ने प्रहरीले उनलाई भने एकपटकका लागि ‘सम्झाएर’ मात्रै छाडिदियो।
तर त्यो ‘सम्झाइ’का कारण पारसबाट अब गल्ती नदोहोरिएलारु विगतका अनुभव भन्छन्– गल्तीबाट पाठ सिक्ने स्वभाव पारसको छैन। बरु यस्ता उन्मुक्तिलाई कमजोरी ठान्छन् र झन् ठूला गल्ती गर्छन्१
विमानस्थलदेखि थापाथलीसम्म
दुई वर्षअघि १ भदौ ९२०७६० मा त्रिभुवन विमानस्थलमा एक जना प्रहरी नायब निरीक्षकलाई एक जनाले धक्का दिए। ती कोही नभएर तिनै पूर्वयुवराज पारस थिए। दरबार हत्याकाण्डमा लागेको गोलीबाट सिर्जित समस्याको उपचार गर्न पूर्वबडामहारानी कोमल शाह विदेश जाने क्रममा त्यो घटना भएको थियो।
आमा कोमलको बिदाइका लागि पारस पनि विमानस्थल पुगेका थिए। कोमलकै बिदाइका लागि विमानस्थलमा भीड थियो। सुरक्षा व्यवस्था मिलाउन प्रहरी तल्लीन थिए। यसै क्रममा आफूलाई बाटो नछाडेको निहुँमा पारस ती प्रहरी नायब निरीक्षकको छातीमा धक्का दिँदै अघि बढेका थिए।
त्यत्तिले पारस सन्तुष्ट भएनन्स ती प्रहरी अधिकारीलाई आक्रमण गर्न पुनः पछि फर्के। तर छोरा हृदयेन्द्रले उनलाई रोके। त्यसपछि प्रहरीलाई चोर औंला ठड्याउँदै उनी अघि बढे। ड्युटीमा खटिएका सुरक्षाकर्मीलाई दुव्र्यवहार हुँदा पनि पारलाई कुनै कारबाही गरिएन।
शुक्रबार ९१५ साउन ०७८० साँझ महाराजगन्जमा भएको घटनाको भिडिओ हेर्दा बुझ्न सकिन्छ– उनले त्यस दिन मात्र नभएर अगाडिदेखि नै निरन्तर ट्राफिक नियम उल्लंघन गरिरहेका छन्। किनकि भिडिओमा उनले आफूले सधैं हेलमेटबिना नै मोटरसाइकल चलाउने गरेको बताएका छन्। साथै उनले प्रहरीलाई अपशब्द पनि प्रयोग गरेका छन्।
कानुनको पालना हरेक नागरिकको कर्तव्य होस उल्लंघन गर्नेले सजायको भागीदार बन्नैपर्छ। तर उल्लिखित घटनापछि पारस र राजतन्त्र–समर्थकले सामाजिक सञ्जालमार्फत राज्यविरुद्ध आक्रोश व्यक्त गरिरहेका छन्स पारसको ‘हर्कत’लाई सामान्य र स्वाभाविक बताउँदै प्रहरीको प्रश्नलाई ‘राजतन्त्रविरुद्धको षडयन्त्र’ भनिरहेका छन्।
हेल्मेट नलगाई मोटरसाइकल चलाएको घटनालाई सामान्य ठान्न सकिएला, तर विगतमा एकपछि अर्को यस्तै गल्तीमा उन्मुक्ति पाउँदा पारसबाट कति जघन्य अपराध भएका छन् र तिनले पूर्वराजपरिवारको छवि कति धूमिल बनाएका छन्स न उनका समर्थकले बुझ्न सकेका छन्, न त निर्मल निवासले नै।
यस्तै उद्दण्ड क्रियाकलापका कारण ‘दरबार हत्याकाण्ड’ पनि पारसबाटै भएको हो र त्यही कारण राजतन्त्र अन्त्यमा बल पुगेको हो’ भन्ने मान्यतासमेत स्थापित हुन पुगेको यहाँनिर स्मरणीय छ। यो कुरा बुझ्न २०५७ साउनमा नारायणहिटीअगाडि भएको डरलाग्दो दुर्घटनातिर फर्कनुपर्छ।
प्रवीण गुरुङ हत्याकाण्ड
२२ साउन २०५७। नारायणहिटी राजदरबारको दक्षिणी गेटबाट एउटा गाडी निस्किन्छ। तेज गतिमा हुइँकिएको गाडीले एउटा मोटरसाइकललाई ठक्कर दिन्छ। घटनास्थलमै मोटरसाइकल चालकको मृत्यु हुन्छ। त्यो गाडीका चालक थिए– तत्कालीन शाहज्यादा पारस शाह।
दुर्घटनामा निधन भएका व्यक्ति थिए– संगीतकार प्रवीण गुरुङस कालजयी गीत ‘यो नानीको मिर्मिरे आँखा’का गीतकाररसंगीतकार। गुरुङको मृत्यु भएपछि शाहज्यादा पारसलाई जोगाउन निर्मल निवास कसरी लाग्यो– ‘मैले देखेको दरबार’मा दरबारका तत्कालीन सैनिक–सचिव विवेक शाहले खुलाएका छन्।
सैनिक–सचिव शाहले घटनाबारे खबर गरेपछि राजा वीरेन्द्रले भाइ ज्ञानेन्द्रलाई फोन गर्न भने। त्यसपछि शाहले तत्कालीन अधिराजकुमार ज्ञानेन्द्रलाई फोन गरे र घटनाबारे बताए। ज्ञानेन्द्रले छोरा पारसले गराएको घटनाबारे आफू अनभिज्ञ भएको उल्लेख गरे।
‘म बुझेर फोन गर्छु भन्ने हुकुम ९अधिराजकुमार ज्ञानेन्द्रबाट० भयो, करिब आधा घण्टापछि ज्ञानेन्द्र सरकारको फोन आयो,’ शाहले लखेका छन्, ‘विवेक, इट इज हिम। त्यो मोटर पनि हो र पारसले चलाएको रहेछ। अब यो समस्या कसरी समाधान गर्ने, उपाय निकाल।’
मान्छे नै मरेको घटनामा दोषीलाई कारबाही हुनुपर्ने हो। तर अधिराजकुमार ज्ञानेन्द्रले छोरा पारसलाई ‘बचाउने उपाय खोज्न’ अनुरोध गरे। त्यसपछि खड्कबहादुर भुजेल नामका व्यक्तिलाई नक्कली ड्राइभर बनाएर खडा गरियो। र, पारसलाई उन्मुक्ति दिइयो।
शाहज्यादा पारसले चलाएको गाडीबाट संगीतकार गुरुङको हत्या भएको वर्ष दिन नबित्दै ९१९ जेठ २०५८ मा० राजदरबार हत्याकाण्ड भयो। जसमा राजा वीरेन्द्रको वंशै नास भयो। नारायणहिटी राजदरबारको त्रिभुवन सदनमा आयोजित रात्रिभोजमा शाहज्यादा पारस आमा कोमल र पत्नी हिमानीसहित उपस्थित थिए।
गोली युवराज दीपेन्द्रले चलाएका थिए। ज्ञानेन्द्रकी पत्नी कोमल पनि घाइते भएकी थिइन्। सौभाग्यवश पारस र हिमानी जोगिए। घटना हुँदा पोखरामा रहेका अधिराजकुमार ज्ञानेन्द्र ३ दिनपछि राजा बने। राजा वीरेन्द्रको वंशै नास तर ज्ञानेन्द्रको परिवार सुरक्षित हुनुले दरबार हत्याकाण्डमा पारसको हात रहेको शंका अधिकतर नेपालीले गरे।
प्रवीण गुरुङको मृत्यु घटनामा शाहज्यादा पारसलाई कारबाही गर्न माग गर्दै तत्कालीन नेकपा ९माले० को भ्रातृ संगठन अनेरास्ववियूले नारायणहिटी दरबारमा पाँच लाख हस्ताक्षरसहितको ज्ञापनपत्र बुझाएको थियोस दरबारले प्रारम्भिक ‘रेस्पोन्स’ पनि गरेको थियो।
तर पारसलाई कारबाही हुनुको साटो नक्कली ड्राइभर खडा गरेर उन्मुक्ति दिइयो। उतिबेला धेरैको अनुमान थियो– भाइ ज्ञानेन्द्रको दबाबका कारण राजा वीरेन्द्रले पारसलाई कारबाहीबाट बचाएका हुन्। यही घटनापछि राजा वीरेन्द्र र भाइ ज्ञानेन्द्रबीच मनमुटाव भएको ‘हल्ला’ भएको थियो।
प्रवीण गुरुङ प्रकरणमा जसरी नक्कली ड्राइभर खडा गरेर पारसलाई जोगाइयो, त्यसैगरी दरबार हत्याकाण्डमा पनि युवराज दीपेन्द्रलाई दोषी देखाएर उनलाई उन्मुक्ति दिन खोजिएको भन्ने आशंका सर्वसाधारणलाई भएको थियोस यही कारण बहुसंख्यक नेपालीले त्यसबेला ज्ञानेन्द्रलाई राजा र पारसलाई युवराज स्वीकार गर्न सकेनन्।
जता गयो, त्यतै लफडा
प्रवीण गुरुङ हत्याकाण्डमा मात्र होइन, पारसको उद्दण्डताबाट त्यसअघि पनि थुप्रैपटक सर्वसाधारण पीडित भइसकेका थिए।
२०५३ असार कुनै गतेको मध्यरात पारसले हाँकेको गाडीको ठक्करबाट एक जना ट्याक्सी ड्राभइरको मृत्यु भयो। उनको पनि घटनास्थलमै मृत्यु भएको थियोस तर घटना ‘मिलाएर’ गुपचुप पार्न दरबार सफल भयो। मृतकको परिचय सार्वजनिकै हुन पाएन।
त्यसको ८ महिनापछि १९ माघ ९०५३० मा पारसले राजधानीका दुई ठूला होटलमा ताण्डव मच्चाए। सोल्टी होटलको अडिओ–भिडिओ हलमा सहयोगीसहित पुगेका उनको वितण्डा रोक्न खोज्ने ‘फ्लोर म्यानेजर’ गोविन्द प्रधानलाई पेस्तोल ताक्दै पारस होटलबाट बाहिरिए।
आफ्नै पिताको स्वामित्व रहेको सोल्टी होटलमा करिब एक घण्टा हुलदंगा गरेर बानेश्वरको एभरेस्ट होटलतर्फ लागेका पारसले त्यहाँको क्यासिनोमा पनि उस्तै रडाको मच्चाए। सोल्टी होटलमा त पेस्तोल ताकेका मात्र थिए, यहाँ त हवाई फायर नै गरे।
उनको उद्दण्डता र झगडालु स्वभाव बढिरहेकै थियो। राजधानीबाहिर पनि उनीबाट यस्ता घटना भइरहन्थे। यसै क्रममा १३ चैत ९२०५३० मा नारायणगढस्थित बसपार्कमा स्थानीय युवासँग उनको विवाद भयो, ती युवाले कुटाइ खाए, उनको नाथ्री फुट्यो।
उनलाई कुटपिट गर्ने युवाको खोजीमा प्रहरी परिचालन गरियो। पिछा गर्ने क्रममा पारसको गाडीले प्रहरीको गाडीलाई ठक्कर दियो। स्कुले जीवनसम्म शान्त र सरल ठानिएका पारस युवावस्थामा प्रवेश गरेपछि कसरी उद्दण्ड भइरहेका थिए, बुझ्न यी घटना पर्याप्त थिए।
तर परिवारको बेइज्जती हुने डरले निर्मल निवासले पारसलाई कारबाहीको साटो उन्मुक्तिका लागि प्रहरी–प्रशासनलाई दबाब दिने गर्यो। यही कारण जस्तो गल्ती गर्दा पनि उनले उन्मुक्ति पाइरहे। समय क्रममा पारसको उद्दडण्ताको सिकार परिवारकै सदस्य र नातेदारसमेत बन्न पुगे।
तीमध्ये एउटा उल्लेख्य घटना हो– एभरेस्ट होटलमा पत्नी हिमानीलाई तर्साउन पारसले मध्यरातमा गरेको हवाई फायर। राजा ज्ञानेन्द्रको ५७औं जन्मोत्सव ९२३ असार २०६१० का अवसरमा आयोजित रात्रिभोज सकिएपछि घटना भएको थियो।
नारायणहिटीमा भएको रात्रिभोजमा टन्न मदिरा पिएका तत्कालीन युवराज पारस मध्यराति त्यहाँबाट निस्केर बानेश्वरस्थित एभरेस्ट होटल पुगेका थिए। नारायणहिटीमै झगडा गरेर निस्केकाले ‘केही अन्यथा होला कि’ भन्ने चिन्ताले पारसलाई पछ्याउँदै हिमानी पनि एभरेस्ट होटल पुगेकी थिइन्।
यो देखेर आक्रोशित पारसले हिमानीलाई तर्साउन हवाई फायर गरे। त्यसपछि हिमानी नारायणहिटी फर्कन बाध्य भइन्। केही छिनपछि पारस फेरि दरबारमार्ग फर्के। त्यहाँ केही समय होहल्ला गरेर बिहानपख पोखरा प्रस्थान गरे।
पारसले १५ असोज २०६१ मा बुवा ज्ञानेन्द्रका व्यापारिक साझेदार प्रभाकरशमशेर राणाका छोरा सिद्धार्थ राणालाई समेत कुटपिट गरेका थिए। कुटपिटबाट सिद्धार्थको खुट्टा भाँचिएको थियो भने उनकी पत्नी निलिमाको अनुहारमा चोट लागेको थियो। सिद्धार्थले पारसविरुद्ध प्रहरीमा उजुरीसमेत दिएका थिए। तर पछि फिर्ता लिए।
पारसकै विवादित विगतका कारण पनि राजतन्त्र अलोकप्रिय भइरहेको थियो। तर संविधान सभाको चुनावपछि राजतन्त्र अन्त्य हुने बेलासम्म पनि उनको उद्दण्डतामा कमी आएन। १२ वैशाख २०६५ मा कमलादीस्थित मनसुन डिस्को पुगेर उनले मच्चाएको वितण्डा यसको उदाहरण हो।
गणतन्त्र स्थापनापछि सिंगापुर–थाइल्यान्डमा बसोबास सुरु गरे पनि नेपाल आएका बेला उनीबाट अनेक हर्कत र काण्ड भइरहे।
टाइगर टप्स गोलीकाण्ड
२५ मंसिर ९२०६७० मा पूर्वयुवराज पारस पत्नी हिमानी र छोराछोरीसहित चितवन राष्ट्रिय निकुञ्जस्थित टाइगर टप्स रिसोर्ट पुगेका थिए। तत्कालीन उपप्रधानमन्त्री सुजाता कोइरालाका बंगलादेशी ज्वाइँ रुबेल चौधरी, छोरी मेलानी र छोरा मेहिल पनि संयोगवश त्यस दिन टाइगर टप्समै थिए।
जानकारहरूका भनाइमा– नेपालका दुई शक्तिशाली राजनीतिक परिवारका युवा सदस्यहरूबीचको सुरुवाती भेटघाट र कुराकानी निकै सौहार्दपूर्ण थियो। त्यही कारण मध्यरातसम्म उनीहरू होटलको प्रांगणमा आगो ताप्दै खानपिन गरे। रात छिप्पिँदै जाँदा पारसले रुबेललाई ‘जंगल गएर बाघको सिकार गरौं’ भन्नेसम्मको प्रस्ताव गरे।
तर जब पारसमा मदिराको नशा बढ्दै गयो, तब लफडा सुरु भयो। पारसले उतिबेला गरेको दाबीअनुसार विवाद बढ्दै गएपछि रुबेलले ‘नेपाल भारतको उपनिवेश हो’ भन्दै देशको सार्वभौमिकताको उपहास गर्न खोजे। त्यही कारण आफूले रुबेलको प्रतिकार गरेको उनको भनाइ थियो।
रुबेलको दाबीचाहिँ फरक थियो। उनका अनुसार उनले नचाहँदा नचाहँदै पारस राजनीतिक विषयवस्तुमा प्रवेश गर्न खोजिरहेका थिए। त्यसै क्रममा पारसले गिरिजाप्रसाद कोइरालाका कारण राजतन्त्र अन्त्य भएको भन्दै उनीप्रति आक्रोश पोखे।
आगो ताप्दै सौहार्द्धपूर्ण रूपमा कुराकानी गरिरहेका दुई जनाबीच राजतन्त्रको विषय उप्केपछि विवाद सिर्जना भयो। मदिराले लठ्ठ पारसले रुबेललाई हात हाले। साथमा रहेका अन्यले रोकेपछि पारसले पेस्तोल निकालेर हवाई फायर गरे।
गोली नै चलाउन थालेपछि थप दुर्घटना नहोस् भनेर पूर्वराजपरिवारको सुरक्षाका लागि सँगै रहेका सरकारी सुरक्षाकर्मीले पारसलाई थामथुम पारे। हतियार लैजान नपाइने राष्ट्रिय निकुञ्जभित्र गोली चलाउनु आफैंमा संवेदनशील घटना थियो। पारस भोलिपल्टै काठमाडौं फर्के। र, पक्राउ पर्नसक्ने भयले लगत्तै हेलिकोप्टरमार्फत पोखरा प्रस्थान गरे।
गोली चलाएको अभियोगमा पारसविरुद्ध चितवन प्रहरीमा उजुरी परिसकेको थियो। प्रहरीले उनलाई २७ मंसिरमा पोखरास्थित फूलबारी रिसोर्टबाट पक्राउ गर्यो। र, हेलिकोप्टरबाट चितवन पुर्यायो। तर जिल्ला अदालतमा पेस गरेको पर्सिपल्टै उनी धरौटीमा रिहा भए।
रुबेल विदेशी नागरिक थिए। त्यस्ता व्यक्तिसँग मदिरा पिउँदै रातको समय पारसले गरेको झगडा उनको पदीय मर्यादाविपरीतको काम थियो। त्यो झगडालाई राष्ट्रियतासँग जोडेर पारसले नेपाली नागरिकबाट सहानुभूति प्राप्त गर्न खोजे। त्यसमा केही हदसम्म सफल पनि भए।
यसपछि पनि उनका उद्दण्ड क्रियाकलाप रोकिएनन्। सिंगापुर–ब्यांककमा बसोबास थालेका उनी नेपाल आएका बेला विभिन्न होटल र क्यासिनोमा गइरहन्थे। त्यसै क्रममा ३ जेठ २०६८ मा दरबारमार्गस्थित याक एन्ड यति होटल परिसरमा रहेको क्यासिनोमा झगडा र कुटपिट गरेको घटना सार्वजनिक भएको थियो।
विदेशमा झनै बेइज्जत
नेपालमा असुरक्षित महसुस गरेपछि पारस २०६५ साउनमा परिवारसहित सिंगापुर गए। छोराछोरीलाई त्यहीँ पठन–पाठनको व्यवस्था मिलाइएकाले हिमानीको बसोबास पनि उतै हुन थालेको थियो। तर पारसकै कारण उनी सिंगापुरमा लामो समय रहन सकिनन्।
सिंगापुर पुगेको एकाध महिनामै पारस–हिमानीबीच खटपट सुरु भयो। २०६५ दसैंताका पारसबाट कुटिएपछि हिमानी स्वदेश फर्किन्। त्यसको केही समयपछि पारस पनि सिंगापुर छाडेर थाइल्यान्ड लागे। थाई युवती कन्निका चाइसर्नसँग सम्बन्धका कारण उनी थाइल्यान्ड बसोबासका लागि लोभिएका थिए।
तर थाइल्यान्डमा कन्निकासँग ‘लिभिङ टुगेदर’का क्रममा पनि पारसबाट एकपछि अर्को विवादास्पद क्रियाकलाप भइरहे। थाइल्यान्डको पर्यटकीय नगरी फुकेटमा रहेका बेला उनी लागुऔषधसहित पक्राउ परे– ७ कात्तिक २०६९ मा। प्रहरीले उनलाई पुनःस्थापन केन्द्रमा राख्न आदेश दियो। तर छाती दुखेको बहानामा रिहा भए।
खासमा थाई राजपरिवारसँग नेपालको पूर्वराजपरिवारको सम्बन्धका कारण उनले उन्मुक्ति पाएका थिए। तर यसपछि पनि व्यवहारमा सुधार नआएपछि थाई प्रहरीले १९ मंसिर ९०६९० मा उनलाई फेरि पक्राउ गर्यो। नेपालका पूर्वयुवराज थाइल्यान्डमा लागुऔषधसहित पक्राउ परेको खबरले देशकै बेइज्जत भयो।
विदेशमा पक्राउ परेर आफ्नो, परिवार र मुलुककै बदनाम हुँदा पनि उनले आफ्नो बानी–व्यवहार सुधार्नु आवश्यक सम्झेनन्। २३ पुस ९०६९० मा आफू बसोबासरत फुकेटस्थित अपार्टमेन्ट तोडफोड गरे। झ्यालका सिसा फुटे। यो घटनामा पक्राउ गर्दा पनि प्रहरीले उनका साथमा लागुऔषध भेट्यो।
मुक्त हुन १२ लाख थाई भाट ९३४ लाख ५० हजार रुपैयाँ० जरिवाना तिनुपर्ने भयो। चाइसर्नसँग ‘प्रेम’का कारण परिवारसँग सम्बन्ध बिग्रेकाले उनीसँग रकम थिएन। त्यसैले केही रकम नेपालीले उठाइदिए भने केही बहिनी प्रेरणाले दिइन्।
२६ असार ९०७१० मा पनि पारस लागुऔषधसहित पक्राउ परे, थाइल्यान्डको सुखुम्भितस्थित डेभिस होटलबाट। एकपछि अर्को काण्डका कारण थाइल्याण्डमा बस्नै नसक्ने भएपछि उनी १९ चैत २०७१ मा स्थायी रूपमा स्वदेशै रहनेगरी काठमाडौं फर्केका थिए।
काठमाडौं फर्केपछि २–३ वर्ष त्यति विवादमा परेका थिएनन्, तर फेरि ‘उनी पुरानै लय’मा फर्किंदै छन्। यसैकोे पछिल्लो उदाहरण हो– शुक्रबारको घटना। राज्यका नियम–कानुनको पालना तथा पूर्वराजपरिवारको इज्जतभन्दा आफ्नै ‘मर्जी’ उनका लागि ठूलो रहेछ भन्ने कुरा घटनाको भिडिओले देखाउँछ।
निर्मल निवाससँग दुई छनोट
निर्मल निवासमा पारसकी पत्नी हिमानी र युवा उमेरका छोराछोरी छन्। वृद्ध भइसकेका बाबुआमा छन्। तर उनी कहिले विवादास्पद मोडलरयुट्युबर सोनिका रोकायासँग काठमाडौं र पोखराका रेस्टुरेन्टमा देखिन्छन् त कहिले प्रहरीसँग झगडा गरिरहेका भेटिन्छन्।
पति पारसका क्रियाकलापले पूर्वयुवराज्ञी हिमानीमा पक्कै पनि आक्रोश सिर्जना गर्दो हो, साथीभाइ–नातेदारका अगाडि अनुहार देखाउन अप्ठेरो लाग्दो होस अनुमान गर्न सकिन्छ। बाबुका विवादित गतिविधिका कारण छोराछोरी पनि उत्तिकै लज्जित भएका होलान्।
छोरा पारसका उदण्डताका कारण बाबु पूर्वराजा ज्ञानेन्द्रलाई पनि पक्कै असहज भइरहको होलास आफूप्रति नागरिकको सहानुभूति बढिरहेका बेला परिवारकै बदनाम हुँदा चिन्ता थपिएको होला१
यति हुँदाहुँदै पनि सत्य कुरा के हो भने अक्षम्य गल्ती गर्दासमेत निर्मल निवासकै प्रयासका कारण पटक–पटक उन्मुक्ति पाएकाले ५० वर्ष पुगिसक्दा पनि पारसको उद्दण्डता नघटेको हो। बेलैमा ध्यान नपुर्याउँदा उनी परिवारको नियन्त्रणभन्दा बाहिर पुगेका हुन्।
थाहा छैन, महाराजगन्जको बीच सडकमा शुक्रबार साँझ पारस प्रहरीसँग बाझिरहेको भिडिओ हेरेपछि निर्मल निवासका सदस्यहरूले हेलमेट नलगाएकामा पारसलाई नियन्त्रणमा लिने प्रहरीलाई मनमनै धन्यवाद दिइरहेका होलान् वा ‘गणतन्त्र’प्रति आक्रोश पोखिरहेका होलान्रु
सामाजिक सञ्जालमा सक्रिय राजावादीहरूको प्रतिक्रिया हेर्दा त उनीहरू त्यो घटनामा हेल्मेट नलगाई मोटरसाइकल चलाउने पारसको गल्ती देखिरहेका छैनन्। बरु प्रहरी ‘गणतान्त्रिक व्यवस्था’का भएका कारण पारसले गरेको दुर्व्यवहारलाई जायज ठहर्याउने प्रयास गरिरहेका छन्स गणतन्त्रलाई गाली गरिरहेका छन्।
अन्धसमर्थकहरूका यस्ता प्रतिक्रियाले ५० वर्ष नाघिसकेका पारसको मनोबल पक्कै बढेको हुनुपर्छ। त्यसैले फेरि केही दिनपछि यस्तै हर्कत उनीबाट नहोला भन्न सकिन्न। तर राजावादीहरूले गरेको त्यस्तो ‘समर्थन’ले निर्मल निवासको इज्जत पक्कै बढाउँदैन।
निर्मल निवासले बुझ्नुपर्छ– जसरी पारसबाट भएका ०५८ अघिका उद्दण्ड क्रियाकलापको केही न केही मूल्य राजतन्त्रले समेत चुकाउनपर्योस अहिलेका गतिविधिबाट पनि क्षति निर्मल निवासलाई नै हुने हो, गणतन्त्रलाई होइन।