शरणामती,साउन १५।झापा जिल्लाले शनिवार राती १२ बजे देखि एक साता सम्म गर्ने भनेको सिललाई सदर गर्दै झापा गाउँपालिकाले समेत सिल गर्ने निर्णय गरेको छ।
झापा गाउँपालिकामा आज सुक्रबार बसेको विपत व्यवस्थापन समितिको बैठकले सिल गर्ने निर्णय गरेको विपद फोकल पर्सन दिपेन्द्र न्यौपानेले कनकाई अनलाइनलाई बताए।बैठकले झापा गाउँपालिकामा सन्चालन हुने हाटबजार,अति आवश्यक पसलहरु समेत बन्द गर्ने निर्णय गरेको छ।साग सब्जी होम डेलिभेरी गर्ने ठेला,साइकलहरुले भने बिहान ६ देखि ८ बजे सम्म टोल-टोलमा गई सब्जी,तरकारी बेच्न पाउने निर्णय गरिएको न्यौपानेले जानकारी दिए।
कोरोना बिरुद्दको खोप भने सिलका कारण प्रभावित नहुने बताइएको छ।बैठकले लक्षित बर्गलाई १६ र १७ गते खोप लगाइने निर्णय गरेको छ।अन्य निर्णय भने जिल्ला प्रशासन कार्यालयबाट जारी आदेशको पालना गर्ने गराउने रहेको छ।