कनकाई अनलाईन
कनकाई उद्योग बाणिज्य संघ सुरुङ्गाले आफ्ना क्षेत्रका उद्योगी व्यवसायी तथा आवद्ध श्रमिक कर्मचारीलाई तत्काल कोरोनाविरुद्धको खोप उपलब्ध गराउन तीनै तहका सगरकार सग माग गरेको छ । उद्योग वाणिज्य संग कनकाईका महासचिव तुलसी विमलीले आफ्ना क्षेत्रका व्यावसायी तथा उद्योगीलाई तत्काल खोपको व्यावस्थापन गर्न कनकाई नगरपालिका, प्रदेश सरकार तथा नेपाल सरकारसमक्ष माग गर्नुभएको हो । सरकारले खोप लगाएर उद्योग व्यावसाय संचालन गर्नुको साटो शिल र लकडाउनलाई मात्रै प्रशय दिएको भन्दै सम्बन्धित निकायको ध्यान आकर्षण गर्नुभएको छ ।
‘संघले सरोकारवालाहरुलाई पटक–पटक खोप माग गरेर ध्यानाकर्षण गराइरहेको छ’– विमलीले भन्नुभयो – ‘अबको विकल्प लकडाउन होइन, कोरोनाबाट बच्न सबैलाई खोप उपलब्ध गराउनु जरुरी छ ।’
कनकाई नगरपालिका र झापा गाउँपालिकासग कनकाई उद्योग वाणिज्य संघले खोपको माग गरेको हो । संघका महासचिव तुलसी बिमलीले पहिलो चरणमा अत्यावश्यक उद्योग–व्यवसाय र त्यसका अग्रपंक्तिमा रहने व्यवसायी तथा आवद्ध श्रमिक कामदारलाई तत्काल खोप उपलब्ध गराउन माग गर्नुभएको हो ।
मुलुक सञ्चालनको मेरुदण्ड, आर्थिक क्षेत्रलाई नेतृत्व गरिरहेको उद्योग–व्यवसाय सञ्चालनका लागि तत्काल खोप उपलब्ध गराउनुपर्ने बिमलीलको माग छ । झापामा पछिल्लो समय १० पालिका पुर्णरुपमा शिल गरिएको छ । उद्योग वाणिज्य संघले भने बन्दावन्दीको विकल्प खोज्नुपर्ने बताउँदै आएको छ ।