झापा,साउन १३।झापाको झापा गाउँपालिका-२ झापा बजारमा साखा रहेको राष्ट्रिय वाणिज्य बैंक बन्द हुँदा यहाँका सेवाग्राहीलाई सास्ती भएको छ।
बैंकका निमित्त साखा प्रबन्धक छत्र बहादुर ढकाल र खजान्ची दिनेस अर्याललाई कोरोना संक्रमण भएपछी बैंक गत साउन १ गते देखि बन्द रहेको छ।दुई पटकको कोरोना परिक्षणमा समेत दुबै कर्मचारीमा कोरोना संक्रमण पोजेटिभ देखिएको प्रबन्धक ढकालले बताए।
बैंकले झापा १,२,३ वडाका सेवाग्राहीहरुलाई सामाजिक सुरक्षा भत्ता समेत वितरण गर्दै आइरहेको थियो।लामो समय देखि बैंक बन्द भए पछी सामाजिक सुरक्षा भत्ता पाउने नागरिक समेत प्रभावित भएका छन।वाणिज्य बैंकमा सामाजिक सुरक्षा भत्ता पाउने सकृय खाता लगभग १२ सयको हाराहारी रहेको ढकालले बताए।
आएको भत्ता समेत बैंक बन्द भएर नपाएपछी अशक्त,बृद्द,अपाङ्गलाई समस्या परेको सेवाग्राही बताउछन।यत्रो लामो समय बैंक बन्द रहदां आफू समेत प्रभावित भएको स्थानीय व्यवसायी बिकास अग्रवालले बताए।´कर्मचारीलाई कोरोना संक्रमण भयो भने वाणिज्यले अरु कर्मचारीको व्यवस्था गरेर बैंक खोल्नु पर्थियो,कार्यालय संचालन यसरी प्रभावित हुनु राम्रो होइन अग्रवालले भने ‘मेरो सबै खाता वाणिज्यमा रहेको छ,कारोवार गर्दा चेक दिन पैसा निकाल्न पैसा हाल्न एकदम समस्या भएको छ।’
यता वडा १ र २ का सचिव नारायण चम्लागाईंले सामाजिक सुरक्षा भत्ता पाउने सेवाग्राहीले बैंक कहिले खुल्छ भन्ने सोध्ने गरेको बताएका छन।
यता कोरोना संक्रमित भएर होम आइसोलेसनमा बसेका प्रबन्धक ढकालले दुई चोटीको रिपोर्ट नै पोजेटिभ आए पनि कोरोनाको १४ दिन बितिसकेको हुनाले आउँदो आइतबार सम्ममा बैंक खोलिने जानकारी दिए।