Kanakai Online

नयाँबस्तीमा सिद्धेश्वर मन्दिरको प्राण प्रतिष्ठा विधिपुर्वक गरियो


आइतवार, साउन १०, २०७८ |

कनकाई अनलाईन
श्री सिद्धेश्वर शिव पांञ्चायन मन्दिर कनकाई ३ मा मुर्तिहरुको प्राण प्रतिष्ठा गरिएको छ ।
पाथिभरा परोपकार संस्थाले निर्माण गरेको उक्त मन्दिरमा ५ दिनसम्म वैदिक विधिअनुसार विभिन्न पुजा अर्जना र पुराण लगाई मन्दिरमा प्राण प्रतिष्ठा गरिएको पाथिभरा परोकपकार संस्थाका सचिव तथा युवा समाजसेवी दिनानाथ खतिवडाले बताउँनुभयो ।


मन्दिरको प्राण प्रतिष्ठामा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, यस क्षेत्रका सामाजिक व्याक्तित्व शेरबहादुर थापा , समाजसेवी ख्याम ओली लगायातका व्याक्तित्वहरुको उपस्थिति रहेको थियो ।
मन्दिरमा अग्रवाल सेवा समाजद्धारा निर्माण गरिदिएको हनुमानको समेत प्राण प्रतिष्ठा गरिएको छ ।
अग्रवाल सेवा समाजका अध्यक्ष इश्वरचन्द्र अग्रवाल लगायातको नेतृत्वमा उक्त हनुमानको मन्दिर अगाडि खडा गरिएको हो । पंण्डित याम खतिवडाको प्रमुख आतिथ्यतामा मन्दिरको प्राण प्रतिष्ठा गरिएको पाथिभरा परोपकार संस्थाका अध्यक्ष निलकृष्ण सेढाईँले बताउँनुभयो । ५ बर्ष अगागिदेखि १० धुर जमिनमा निर्माण गरिएको उक्त मन्दिर गाउँलेहरु तथा स्थानीय समाजसेवीको सहयोगमा निर्माण गरिएको हो । जमिन समेत स्थानीय सामाजिक व्याक्तित्वले प्रदान गर्नुभएको हो ।
पाथिभरा परोपकार संस्थामा हाल १ सय ४३ परिवार आवद्ध रहनुभएको संस्थाका अध्यक्ष निलकृष्ण सेढाईले बताउँनुभयो ।
मन्दिर निर्माणसगै गाउँको समेत मुहार फेरिएको उपाध्यक्ष भीम फुयाँलले बताउँनुभयो । मन्दिर निर्माण र सामुदायिक भवन समेत निर्माण गरिएकोले सामाजिक कार्य गर्न तथा नियमित नृत्य पुजा पाठ गर्न सजिलो भएको र यसका लागि छुट्टै पुजारीको समेत व्यावस्थापन गरिएको पाथिभरा परोपकार संस्थाका कोषाध्यक्ष रमेश हुमागाईँले बताउनुभयो ।

सम्बन्धित खबर