Kanakai Online

स्रोत नखुलेको ४० लाख नगद सहित झापा गाउँपालिकाका मण्डल पक्राउ


शनिवार, साउन ९, २०७८ |

शरणामती,साउन ९।स्रोत नखुलेको ४० लाख नगदसहित एक व्यक्ति झापा गाउँपालिकाबाट पक्राउ परेका छन् ।

आज शनिबार दिउँसो १२ बजे झापा गाउँपालिका-४ बेलाईतिबारीमा सोही ठाउँ बस्ने ५० वर्षिय गौरी मण्डललाई भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गरेको स्रोत नखुलेको चालीस लाख सैतिस हजार छ सय सत्तरी नेपाली रुपैयाँसहित ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी निरीक्षकको टोलीले नगद बरामद गरी आबश्यक कारवाही र थप अनुसन्धान लागि जिल्ला प्रहरी कार्यालय झापा ल्याइएको प्रहरीले जनाएको छ।