Kanakai Online

कनकाई नगर आजबाट शील


शनिवार, साउन ९, २०७८ |

कनकाई अनलाईन
कोरोनाबाट धमाधम नागरिकको मृत्यु हुनथालेपछि कनकाई नगरपालिका आजबाट एक साताका लागि शील गरिएको छ ।
कनकाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत हरि मिश्रद्धारा जारी विज्ञप्तिमा साउन ९ गते शनिवार राती १० बजेदेखि साउन १६ गते शनिवार राती १० बजे सम्मकालागि सम्पूर्ण वडाहरु पूर्ण रुपमा बन्दाबन्दी(शिल) गरिएको उल्लेख छ ।

बन्दाबन्दीको समयमा नगरभित्रका अत्यावश्यक सेवा बाहेक सबै किसिमका पसल तथा व्यवसायहरु, बैंक तथा वित्तिय संस्थाबाट दिइँदै आएको सम्पूर्ण सेवाहरु बन्द गरिएको बताइएको छ । बन्दाबन्दीको समयमा जारी सुचनालाई उल्लंघन गरेको पाइएमा संक्रामक रोग ऐन २०२० बमोजीम कार्वाही हुने जनाइएको छ । बन्दाबन्दीको समयमा स्वास्थ्य सुरक्षाको मापदण्डलाई पूर्ण रुपमा पालना गर्न गराउँन मातहतका सम्पूर्ण निकायलाई समेत अनुरोध गरिएको बताइएको छ ।

कनकाई नगर क्षेत्रमा कोरोना संक्रमणका कारण पहिलो लहरमा २ सय ५४ जना संक्रमित भएका थिए भने दोस्रो लहरमा हालसम्ममा ८ सय २६ जना गरी जम्मा १ हजार ८० जना नगरबासी संक्रमित भइसकेको कनकाई नगरका कोरोना फोकल पर्सन नारायण अधिकारीले जानकारी दिए ।

पहिलो लहरमा ४ पुरुष र २ महिला सहित ६ जनाको कोरोना संक्रमणका कारण निधन भएको बताइएको छ ।

सम्बन्धित खबर