Kanakai Online

सुजिता मृत्यु प्रकरण-शरणामतीका एक युवक पक्राउ


शुक्रवार, साउन ८, २०७८ |

झापा,साउन ८ । राप्ती–३ की सुजिता भण्डारीको हत्या आरोपमा प्रहरीले झापा गाउँपालिका–६ शरणामतीका एक जना युवालाई पक्राउ गरेको छ ।

शरणामतीका २३ वर्षीय सचिन भनिने सुकदेव भण्डारीलाई आज चितवन प्रहरीले सार्वजनिक गरेको छ । उनी सुजिताको ठूलोबुबाको छोरा दाजु नाता पर्छन् ।

बेपत्ता भएको १० दिनपछि मृत भेटिएकी सुजिता र सुकदेवबीच विवाह गर्नेसम्मको तयारी भएको खुलेको छ । सुकदेवलाई प्रहरीले काठमाडौँबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।

उनी हिजो पक्राउ परेका डिसएपी इन्द्रबहादुर रानाले बताए । असार ९ गते सुजिताले विवाह गर्न प्रस्ताव गरेपछि यी दुईमा विवाद सिर्जना भएको थियो । असार ११ गते बेपत्ता सुजिता असार २० गते नजिकैको सामुदायिक वनमा मृत भेटिएकी थिइन् ।

असार ११ गते साथीलाई तरकारी लिन आउँदैछु भनेर मोबाइलमा म्यासेज पठाएर घरबाट निस्केकी सुजिता १० दिनसम्म बेपत्ता भएकी थिइन् । त्यही दिन दिउँसो फोन गरेर आफू अपहरणमा परेको बताएको दिदी कविताले बताएकी थिइन् ।

सुजितालाई आत्महत्या गर्न बाध्य पारिएको भन्दै आमा अम्बिका भण्डारीले साउन ६ गते जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गरेकी थिइन् । सुकदेवविरुद्ध ज्यान सम्बन्धी कसुरअन्तर्गत ५ वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुन सक्नेछ ।हामीले यो खबर झापा टुडे डटकमबाट लिएका हौ।

तस्बिर-मृत्यु प्रकरण बारे जानकारी दिदै प्रहरी।नेपाल प्रेस